कर्णालीमा महिला हिंसा बढे, गाउँ गाउँमा प्रहरी पठाउने तैयारी

गज्जब नेपाल
२०७७ मंसिर १४, आईतवार

कर्णालीमा सामाजिक अपराधका घटना उच्च रहेको कर्णाली प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) बसन्तकुमार पन्तले बताएका छन् । उनले कर्णालीमा महिला हिंसाका घटना पनि सबैभन्दा उच्च देखिएको बताए । कर्णाली राजमार्गमा पर्ने गुराँस गाउँपालिका –१ स्थित तल्लो डुङ्गेश्वर प्रहरी चौकीकाे नवनिर्मित भवन उद्घाटनकाे क्रममा डिआईजी पन्तले यस्तो बताएका हुन् । शिक्षाको कमी, आर्थिक अवस्था कमजोर, मादक पर्दाथ सेवन, कोभिड १९ र बालविवाहले महिला हिंसा बढेको प्रहरीकाे बुझाइ छ ।

तल्लोडुङ्गेश्वरमा नवनिर्मित भवनको उद्घाटन गर्दै कर्णाली प्रदेशका प्रहरी नायब महानिरीक्षक बसन्तकुमार पन्त

अब यस सामाजिक अपराधलाई न्यूनिकरणका लागि प्रदेशका १० जिल्लामा विभिन्न अभियान सञ्चालन गरिने डिआईजी पन्तले जानकारी दिए । अभियान सञ्चालनपछि सामाजिक अपराधका घटना न्यूनिकरण भएर समाजमा शान्ती सुरक्षा र दिगो विकास हुनेछ । सामाजिक अपराध मध्ये महिला हिंसाका घटना सुदुरपश्चिम प्रदेश जस्तै कर्णालीमा अवस्था दयनिय छ, उनले थपे ।

पछिल्लो समय कोभिड–१९ का कारणले आर्थिक अवस्था नाजुक भएकै कारणले आत्महत्याका घटना बढेका हुन् । यो प्रदेशमा भौगोलिक विकटताले गर्दा समयमै प्रहरी पुग्न कठिन छ । कुनै ठाउँमा दुईदिन पैदल यात्रा गरेर मात्र पुग्न अवस्था भएको प्रहरीका लागि चुनौतिको विषय बनेको छ । अपराधका घटना अन्त्य गर्न हरेक व्यक्ति शिक्षित हुनुपर्छ यद्धपी हालको अवस्थामा प्रहरीले जनचेतनामुलक कार्यक्रमहरु, घरदैलोमा पुगेर समस्याहरु पहिचान गरेर समस्या समाधान गर्ने तथा नागरिकहरुलाई सुसुचित गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रहरी चाैकी तल्लाे डुङ्गेश्वरकाे नवनिर्मित भवन                                                                                          तस्विरः प्रेमिका सिंह

सामाजिक अपराधका घटनाहरु न्यूनिकरण गर्न कर्णालीका १० वटै जिल्लामा कार्यरत महिला र पुरुष प्रहरी अधिकृतहरुलाई तालिम दिएर गाउँ गाउँमा पठाउने तयारी गरेको डिआईजी पन्तले जानकारी दिए । तालिम प्राप्त प्रहरी अधिकृतहरुले महिला हिंसा बढि भएका क्षेत्रहरुमा केन्द्रित गरेर कार्यक्रम सञ्चालन गर्नेछन् ।

प्रहरी नायव महानिरीक्षक पन्तले कर्णाली प्रदेशमा झण्डै एक हजार दुई सय भन्दा बढि प्रहरी जनशक्ति अभाव रहेको बताए । जनशक्ति थप गर्न संघीय सरकारसँग माग गरिरहेको छौं । प्रहरी समायोजन सकिए लगत्तै कर्णालीले प्रहरी जनशक्ति अभावको समस्या झेल्नु पर्दैन । कर्णालीका विभिन्न जिल्लामा प्रहरी कार्यालयहरुको स्तरोन्नती भईरहेको बताए । हालै डिएफआईडीको सहयोगमा कर्णालीमा चार वटा प्रहरी कार्यालयको भवन निर्माण सकिएको जानकारी दिए । जाजरकोटको सिमा र रिम्मा दैलेखको तल्लोडुगेश्वर र चुप्रामा भवन सम्पन्न भईसकेको डिआईजी पन्तले बताए ।

‘सुविधा सम्पन्न भवन निर्माण भएका छन् । प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरेर बाँकी रहेका प्रहरी कार्यालयका भवनहरु निर्माण गरिनेछ । ’प्रहरी नायव महानिरीक्षक पन्तले कर्णालीका जाजरकोट, हुम्ला, रुकुम लगाएतका जिल्लाहरुमा विप्लव माओवादीको छिटफुट गतिविधिहरु भईरहेको पनि जानकारी दिए । ‘विभिन्न जिल्लाहरुमा कार्यक्रम गर्ने, चन्दा असुली र पर्चा पम्पेलेट बाड्ने जस्ता गतिविधि नियन्त्रण तीनवटा सुरक्षा परिचालन गरिएको छ, प्रहरी नायव महानिरीक्षक पन्तले भने ।

Next Post

प्रखर वक्ता रमेश प्रसाई कालिकाेटकी नन्दा सिंहसंग बिवाह वन्धनमा बाँधिदै

२०७७ मंसिर १४, आईतवार
प्रखर वक्ताकाे रूपमा चर्चामा रहेका रमेश प्रसाई विवाह वन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका छन् । रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन बिबाह गर्न लागेकाे बताइएकाे छ । उनीहरु दुवै दृष्टिविहिन हुन् । अबल वक्तृत्व क्षमताका कारण चर्चित बनेका रमेशलाई पछिल्लो समय […]