पत्रकार डेकेन्द्रराज थापाकाे परिवार भन्छः न्यायको लडाइ झन पीडादायक छ

पत्रकार डेकेन्द्र थापाको १७ औं स्मृतिसभा

गज्जब नेपाल
२०७७ श्रावण २७, मंगलवार

सुर्खेत

स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाका परिवारलाई अझैसम्म न्यायको अनुभूति दिन नसकेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन । उनकी श्रीमती लक्ष्मी थापाले न्यायको लडाइँ जारी रहेको बताइन् । श्रीमानको हत्या भएपछि पनि न्यायको लागि संघर्ष गर्नुपर्दा झन पीडा महसुस भएको उनको भनाइ छ । ‘उहाँलाई विभत्स तरिकाले हत्या गर्ने हत्यारालाई राज्यले कडाभन्दा कडा कारबाही गर्नुपर्छ,’ उनले भनिन्, ‘अझै पनि न्यायको पक्षमा हामी निरन्तर लडिरहनेछौं ।’ हत्या भएको १५ वर्षपछि मात्र राज्यले सहिद घोषणा गरेको उनले बताइन् । डेकेन्द्रको स्मृति र सम्मानमा प्रतिष्ठान स्थापना गरेर दुःखमा परेका पत्रकार तथा उनीहरुका सन्तानलाई सहयोग गर्ने उनको भनाइ छ ।

मंगलबार वीरेन्द्रनगरमा  ‘सहिद डेकेन्द्र थापा स्मृति प्रतिष्ठान’ ले स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको १७ औं स्मृतिसभामा अायाेजना   गरेको हो । पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले पत्रकारिता क्षेत्रमा साहसी पत्रकारको छबि बनाएका थापाको हत्यामा संलग्नलाई बचाउन अनेक प्रयत्न भए पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दवावमा कानुनी कारबाहीको प्रक्रिया सुरु भएको बताए । अझै पनि दोषिहरु उम्किने संभावना भएकोले यसमा सचेत हुनुपर्ने उनको भनाइ छ ।

महासंघका कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापाले जनताले आशा र भरोसा मानेका पत्रकार थापाको साहसी पत्रकारिताको प्रशंसा गर्दै थापाले गरेको पत्रकारिताबाट नयाँ पुस्ताका पत्रकारलाई पनि सिकाइ हुने बताए । कार्यक्रममा महासंघको केन्द्रीय द्वन्द्वपीडित पत्रकार समितिका सदस्य नगेन्द्र उपाध्याय, जिल्ला अध्यक्षहरु दैलेखका चक्र केसी, सुर्खेतका गणेशकन्चन भारती र इन्सेकका प्रदेश संयोजक नारायण सुवेदीले बोलेका थिए । २०६१ साउन २७ गते साबिकको दैलेखको द्धारीमा पत्रकार थापाको हत्या भएको थियो । घटनाको ४ वर्षपछि उनको कंकाल भेटिएको थियो ।

Next Post

कोरोनाले जनकपुरका पूर्वमेयर कृष्ण गिरीको ज्यान लियाे

२०७७ श्रावण २७, मंगलवार
जनकपुर जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोराना भाइरस संक्रमणको कारण मंगलबार राति काठमाडौंमा मृत्यु भएको छ । उनी ७३ वर्षका थिए । १५ दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना भएका गिरीको मंगलबार राति १२ बजेर १० मिनेटमा मृत्यु भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ […]