जेसीबीको ठक्करबाट मृत्यू भएको घटनालाई लिएर स्थानियद्धारा बाटो बन्द

केशबराज पाैडेल
२०७९ कार्तिक ३०, बुधबार ०७:३८

३० कात्तिक २०७९, दैलेख

दैलेखको भैरवि गाउँपालिकामा जेसीबीको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यू भएको घटनालाई लिएर स्थानियहरुले बाटो बन्द गरेका छन ।

जिल्लाको भैरबी गाउँपालिका–३ कुराँह गाउँ निवासी ३९ वर्षीय धनु खातुनको जेसीबीको ठक्करबाट घटनास्थलमै मृत्यू भएको थियो। चामुण्डा बिन्द्रासैनी नगरपालिका बाट निर्वाचनको सामाग्री बुझ्न दुल्लू जादै गरेका एक शिक्षक हर्क बि.क. ले ७ बजे दुल्लु निर्वाचन कार्यालयमा पुग्ने भनेको बाटोमा यस्तो किसिमको आन्दोलन भएकाले अगाडी बढ्न समस्या भएको बताएका छन । स्थानियहरुले बाटो बाँसका भाटा ,ढुंगा लगाएतका सामाग्रीले पुर्ण रुपमा बन्द गरेका छन ।

आवत जावत गर्न कठिन भएकाे छ ।यस समबन्धि थप अनुसन्धान गर्नका लागी प्रहरी टोली समेत पठाएको भैरवि प्रहरी चौकीले जानकारी दिएको छ ।

 

Next Post

बोलेरो जिपले ठक्कर दिँदा मोटरसाइकल चालक घाईते

२०७९ कार्तिक ३०, बुधबार ०७:३८
०२ मंसिर २०७९ दैलेख :  दैलेखको दुल्लूमा आज ( शुक्रबार )साँझ बोलेरो जिपले मोटरसाइकललाई ठक्कर दिएको छ ।दुल्लू बजार देखी पौवा बजार तर्फ जाँदै गरेको कर्णली प्रदेश ०२ ००१ च ०४०७ नम्बरको बोलेरोले पौवा बजार बाट दुल्लू तर्फ जाँदै गरेको कर्णली प्रदेश ०२००२ प २५२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल […]