कर्णाली नदी प्रदुषण हुन नदिन र जलीय जैविक विविधता संरक्षण गर्नका पानी परियोजनाले सक्रियता देखाएको छ । परियोजनाले मध्य कर्णाली जलाधार क्षेत्र अन्र्तगत कालिकोटको हुल्म देखी दैलखको तल्लो डुङ्गेश्वर सम्म सरसफाई गरेको परियोजनाका प्रमुख विकासबाबु बज्राचार्यले बताए ।
जलाधार क्षेत्रमा गठित ९ ओटा जलचर समुहका सदस्यहरुले नदि प्रदुषण नियन्त्रण गर्ने उद्देश्यले सरसफाई गरेका छन । जलीय जैविक विविधताको संरक्षण गर्नको लागि प्रत्यक समुहबाट न्यून आय स्तर भएका ६३ जना सदस्यहरु छनौट गरि रोजगारी सिर्जना गरिएको सेवक दैलखका अध्यक्ष महारुप खत्रीले बताए ।
उनीहरुलाई दैनिक पारिश्रमिक प्रदान गरि नदी सरसफाई कार्यक्रम संचालन गरिएकोले एकातिर रोजगारी र अर्कोतिर जलचर प्राणीको दुरुपयोग हुन नदिन नदी सरसफाई कार्यक्रमले प्रत्यक्ष टेवा पुराएको अध्यक्ष खत्रीले बताए ।
हाल विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ ले गर्दा दैनीक ज्याला मजदुरी गरि खाने बासिन्दालाई विहान बेलुकाको छाक टार्न मुस्किल भइरहेकाे परिस्थितीमा पानी परीयोजनाले ठूलाे राहत दिएको स्थानीयको भनाइ छ ।