दैलेख क्षेत्र नं 2 मा काँग्रेसका शाही 830 मतले अगाडी

केशबराज पाैडेल
२०७९ मंसिर ६, मंगलवार

दैलेख निर्वाचन क्षेत्र नम्बर 2 मा नेपाली कांग्रेस ले अग्रता लिएको छ । हालसम्मको मतपरिणम अनुसार नेपाली कांग्रेस का प्रतिनिधि सभाका उम्मेदवार दिक्पाल कुमार शाही 830 मतले अग्रता लिएका छन ।

अहिले सम्म 6125 मत गणना हुँदा शाहीले 2893 मत पाएका छन । यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मी प्रसाद पोखरेलले 2063 मत ल्याएर पछ्याएका छन्।

त्यसैगरि नेपाल मजदुर किसान पार्टीका उ्मेदवार केशेन्द्र कार्कीले 684 मत , राष्टिय स्वतंत्र पार्टीका बखत भण्डारीले 143 र राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र राज गिरीले 48 मत पाएका छन्। मत गणना जारिनै छ।

 

Next Post

सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा परेर निधन

२०७९ मंसिर ६, मंगलवार
काठमाडौं : चर्चित सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा परेर निधन भएको छ। चितवनको राप्ती नगरपालिका–६ हर्दीमा भएको माइक्रोबस दुर्घटनामा परी ३५ वर्षीय विश्वकर्माको निधन भएको चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए। चितवनको सुन्दरबस्ती–४ स्थित आफ्नो घरबाट काठमाडौं फर्कदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान साढे ५ बजे उनी चढेको […]