टिप्पर दुर्घटना हुँदा दैलेखमा एक जनाको मृत्यु, दुइ घाइते

गज्जब नेपाल
२०७९ पुष १९, मंगलवार १७:०७

१९ पौष २०७९, दैलेख

दैलेखको दुल्लु नगरपालिकामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । भे १ ग ७७ नम्वरकाे टिप्पर मध्यपहाडी राजमार्ग अन्तरगत दुल्लु नगरपालिका ९ मा पर्ने गोबे धारा भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परी दुल्लु नगरपालिका ३ सियालाका अन्दाजी २८ बर्षका धनबहादुर बुढाको दुल्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

दुई जना घाईते भएको इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिनुभयो । दुर्घटनामा परि दुल्लु नगरपालिका ७ का अन्दाजी ३५ वर्षका नगेन्द्र रावत र २ का अन्दाजी ३२ वर्षका पुर्ण थापा घाईते भएका छन् । उनीहरुको दुल्लु अस्पतालमा उपचार भैरहेको छ । टिप्पर सडकबाट करीब १ सय ५० मिटर तल खसेको छ । उनीहरु दुल्लु नगरपालिकामा कार्यरत कर्मचारी हुन ।

Next Post

बावुछाेरीले नै किन गरे आत्महत्या ?

२०७९ पुष १९, मंगलवार १७:०७
गत पुस १७ गते भैरवीकी १८ वर्षीया किशाेरी सुनिता विकले झुण्डिएर आत्महत्या गरिन । उनकाे मृत्यूकाे खबर वुवा नरेश विकले भारतमा थाहा पाए । कामकाे खाेजीमा भारत पुगेका उनी एक्कासी यस्ताे खबर सुनेपछि सम्हालिन सकेनन् । छोरीकाे शव आफु नआउन्जेल नजलाउन उनले आग्रह गरे र त्यहाँबाट हिँडे । छोरीकाे मृत्यूको […]