निर्वाचन आचार संहिता सुरु, कर्मचारी नियुक्ति र सरुवा बढुवामा रोक

केशबराज पाैडेल
२०७९ भाद्र २०, सोमबार १९:२९

काठमाण्डौ – आज देखि सरकारले कर्मचारीको नियुक्ति, सरुवा, बढुवा लगायतका कुनै पनि काम गर्न नपाउने भएको छ ।

निर्वाचन आयोगले गएको भदौ २ गते दिएको निर्देशनअनुसार सरकारले आजदेखि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो । आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनाव प्रयोजनका लागि यी काम नगर्न आजभन्दा १८ दिनअघि अर्थात् गएको भदौ २ गते नै आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

सहायक प्रवक्ता अर्यालले भने, ‘निर्वाचन आयोगले निर्वाचन तयारीको क्रममा नेपाल सरकार, प्रदेश सरकार र पालिकालाई विभिन्न खालको निर्वाचनसँग सम्बन्धित निर्देशनहरू दिँदै आएको छ । यसै सन्दर्भमा भदौ २ गते आयोगले सङ्घ, प्रदेश र पालिकाका कुनै पनि स्वीकृत दरबन्दीभित्र पद खाली छ भने त्यसलाई व्यवस्थापन गर्नका लागि भदौ २० गते सम्मको समय दिएको थियो ।’

निर्वाचन आयोगले यसअघि नै चुनाव प्रयोजनका लागि कर्मचारी व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै जिल्लामा कर्मचारी व्यवस्थापन कमिटी बनाएको छ । आउँदो मङ्सिर ४ गते प्रदेश सभा र प्रतिनिधि सभा चुनाव हुँदैछ । निर्वाचन आयोगले चुनावको मिति घोषणा भएदेखि नै सरकारलाई आचारसंहिता लाग्ने पनि स्पष्ट पारेको छ ।

Next Post

सर्पको टोकाईबाट युवतीको मृत्यु ,शव परीक्षणका लागि महाकाली अस्पतालमा

२०७९ भाद्र २०, सोमबार १९:२९
२१ भदौ, कञ्चनपुर । बेदकोट नगरपालिका–१० दैजीकी अन्दाजी १८ वर्षीया पुष्पा दमाईको विषालु सर्पको टोकाइबाट सोमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार घरमै सुतेको बेला पुष्पा बेहोस अवस्थामा फेला परेपछि आफन्तले उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।मृतकको शव परीक्षणका […]