विप्लवको पार्टीले मंसिर ४ गते हुने चुनाब बहिस्कार गर्ने

केशबराज पाैडेल
२०७९ कार्तिक १५, मंगलवार

काठमाडौं – नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने भएको छ । ​

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल कम्युनिष्ट पार्टीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको विरुद्धमा लाग्ने जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै सो पार्टीका स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले कार्तिक ४ गते बसेको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले निर्वाचनलाई सशक्त प्रकारले खारेज गर्ने निर्णय गरेको बताए।

उनले निर्वाचनको विरुद्धमा भण्डाफोर, पर्चा वितरण, जुलुस र सभाहरूको आयोजना गरिने बताए। पार्टीले निर्वाचनमा भाग नलिन जनतालाई अपिल गर्ने पनि उनले जानकारी दिए।

चुनाव खारेज अभियानलाई सहयोग पुग्ने गरी केन्द्रीय सामना परिवारबाट सांस्कृतिक अभियान सञ्चालन गर्ने निर्णय पनि नेपाल कम्युनिष्ट पार्टीले गरेको छ। बैठकले २९ सदस्यीय पोलिटब्युरो र ६ सदस्यीय स्थायी समितिको निर्वाचन गरेको छ भने केन्द्रीय समितिको प्रवक्तामा खड्गबहादुर विश्वकर्मालाई नियुक्त गरेको छ।
नवौँ महाधिवेशनसँग सम्बन्धित आर्थिक हिसाबकिताबलाई कार्तिक मसान्तसम्म केन्द्रित गरेर बन्द गर्ने निर्णय भएको स्थायी कमिटी सदस्य बुढामगरले जानकारी दिए।

बैठकले पार्टीका नेता वीरजङ्गको मृत्यु भएको सम्बन्धमा सत्य तथ्य पत्ता लगाई पार्टीको धारणा बनाउने निर्णय गर्न स्थायी समिति सदस्य विश्वकर्माको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको पनि उनले उल्लेख गरे ।

Next Post

मतगणना स्थलमा तारजाली नलगाइने,सीसी क्यामेरा भने राख्ने

२०७९ कार्तिक १५, मंगलवार
काठमाण्डौ –  निर्वाचन आयोगले मतगणना स्थलमा तारजाली नलगाइने बताएको छ । आज बुधवार पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतगणना स्थलमा तारजाली नलगाइने बताएका हुन । प्रमुख आयुक्त थपलियाले मतपत्रको सुरक्षा र गणना स्थलको सुरक्षाका लागि सीसी क्यामेरा भने राख्ने जानकारी दिए । विगतका चुनावमा मतपत्र चपाउनेजस्ता घटना […]