नेपाल बुद्धिजीवी संगठन दैलेखको अध्यक्षमा देवकाेटा

गज्जब नेपाल संवाददाता
 
२०७८ कार्तिक २८, आईतवार ०७:५६ मा प्रकाशित

नेपाल बुद्धिजीवी संगठन दैलेखको जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले कृष्ण देवकोटाको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला समिति चयन गरेको छ । जसको उपाध्यक्षमा बखत भण्डारी सचिवमा कमल हमाल सहसचिवमा लोकेन्द्र शाही तथा कोषाध्यक्षमा प्रमिला अधिकारी रहेका छन् ।

सम्मेलनलाई सम्बोधन गर्दै नेपाल बुद्धिजीवी संगठन कर्णाली प्रदेश संयोजक छवि सुवेदीले बुद्धिजीवी संगठन विचारको संगठन भएकोले वैचारिक रूपमा समाज परिवर्तनको लागि आवाज उठाउनु पर्ने बताए । प्रमुख अतिथि समेत रहेका सुवेदीले बुद्धिजीवीहरु प्रतयक्षरूपमा जनबिकाका सवालहरु संग जोडिनु पर्नेमा जाेड दिए ।

विशेष अतथि नेकपा माओवादी केन्द्र दैलेखका संयोजक प्रेम कटुवालले समाजको आमूल परिवर्तनको लागि बुद्धिजीवी हरुको महत्वपू्ण भूमिका हुने बताए। नेपाल बुद्धिजीवी संगठन कर्णाली प्रदेश सहसंयोजक वीर बहादुर शाहीले बुद्धिजीवीहरु विचारमा निपूर्ण र उत्पादनसँग जोडिनुपर्ने बताउनु तर्क राखे।

सम्मेलनमा वाइ सि एल नेपाल केन्द्रीय सदस्य गोपाल विसी, राष्ट्रिय कर्मचारी संगठन दैलेखका अध्यक्ष जीत बहादुर खत्री, प्रेस सेन्टर नेपाल दैलेखका उपाध्यक्ष सर्वजित थापा मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।