दैलेखमा फेरी पहिराेले घर भत्काउन थाल्याे, स्थानीयको चौरमै बास

वडा कर्यालयद्वारा पहिराेमा परि ज्यान गुमाउने र घाइते परिवारलाई राहतका निम्ति अपिल ।।

गज्जब नेपाल
२०७७ भाद्र ४, बिहीबार १३:३३

४ भदौ, दैलेख

जिल्लाको ठाँटिकाध गाउँपालिकामा बाढी पहिरोको जोखिमबाट बच्न स्थानीय बासिन्दा खुला चौरमा बस्न बाध्य भएका छन् । बाढी पहिरोको उच्च जोखिममा परेको ठाँटीकाँध गाउँपालिका वडा नं. २ को जौचौरका बासिन्दा त्रसित बनेका छन् । पहिरोका कारण घरहरु चर्किएपछि स्थानीय १७ घर परिवार नजिकैको बिजारेचौर भन्ने ठाउँमा खुला रुपमा बसिरहेको स्थानीय डम्वर बहादुर लामिछानेले जानकारी दिए ।

तलबाट खोलाले कटान गर्ने र माथिबाट पहिरो झरिरहन थालेपछि घर छोडेर खुला चौरमा बस्न बाध्य भएको स्थानीयले पिडा पोखेका छन् । उनीहरु बुधवारदेखी बिजारेचौरमा खुला रुपमा बस्दै आएको ठाँटीकाँध गाउँपालिका २ का वडासदस्य कर्णबहादुर सलामीले बताए । प्रभावित परिवारको राहत तथा पुर्नःस्थापनाको निम्ति गाउँपालिका र सरोकारवाला निकायमा पहल भइरहेको ठाँटीकाँध गाउँपालिका वडा नं. २ का अध्यक्ष रुपलाल बिश्वकर्माले जानकारी दिए ।

यसअघि सोही गाउँपालिका वडा नं. ४ मा पहिरोमा परी एक जनाको ज्यान समेत गइसकेको र एक जना अझै वेपत्ता रहेका छन् । पहिरोमा परि ६ जना घाईते भएका छन भने ठुलो धनजनको क्षति पनि भएको छ ।

यस परिस्थितीलाई मध्यनजर गर्दै वडा कार्यालयले प्रेस विज्ञप्ती जारी गर्दै पिडित परिवारलाई राहतका निम्ति अपिल गरेको छ । वडा अध्यक्ष रमेश सिजापतिले विभिन्न संघ संस्था, राजनैतिक दल, समाजसेवी लगाएतलाई सहयोग गर्न विज्ञप्तीमार्फत अपिल गरेका छन् । उनले मृतकका परिवार प्रति समवेदना प्रकट गर्दै प्राकृतिक विपत्तिमा परी घरवार विहिन भएका नागरिकलाई नआत्तिन आग्रह समेत गरेका छन् ।

यस्तै ठाँटिकाँध गाउँपालिकका निमित्त प्रमुख प्रशासकीय अधिकृत नेत्रवहादुर थापाले एक शोक वक्तव्य जारी गर्दै मृतक जनक कठायत प्रति श्रादान्जली व्यक्त गरेका छन् । वक्तव्यमा घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहित वेपत्ता दानवहादुर कठायतका ११ वर्षिय छोरा लोकेश कठायतको खोजि कार्य तिव्र पारिएको उल्लेख गरिएको छ ।

Next Post

दैलेखमा फेरी निषेधाज्ञा जारी

२०७७ भाद्र ४, बिहीबार १३:३३
दैलेखमा स्थानिय प्रशाशनले फेरी निषेधाज्ञा जारि गरेको छ । नेपाली नारीहरूले विषेश रूपमा मनाउने तिजपर्व नजिकिदै गर्दा हुने भिडभाड कम गर्न ४ दिनका लागि निषेधाज्ञा जारि गरेको हाे । काेराेना भाइरसको सक्रमण फैलिन नदिन सजकता अपनाउन स्थानिय प्रशाशनले निषेधाज्ञा जारि गरेको बताएकाे छ । स्थानिय प्रसाशनले मिति २०७७।५।४ गते दिउसो […]