दैलेख-
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दैलेखकाे दुल्लूमा शाखा विस्तार गरेकाे छ । शाखा विस्तार गर्ने क्रममा आफ्नो १९७ औँ शाखाकाे रूपमा दुल्लूमा सञ्चालनमा ल्याएको हाे ।
दुल्लूमा आज आयोजित एक कार्यक्रमका बीच बैंकका शाखा प्रवन्धक खडक उपाध्यायले नयाँ शाखाको शुभारम्भ गरेका हुन् । उनले ग्राहकलाई उत्कृष्ट सेवा सुबिधा पुर्याउने क्रममा दैलेखकाे दुल्लूमा थप एक शाखा सञ्चालनमा ल्याएर अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने बताए ।
सुविधा सम्पन्न यो शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य रहेकाे शाखाका सञ्चालन प्रमुख सरेन्द्र गुरूङले जानकारी दिएका छन् ।