चामुण्डा विन्द्रासैनी ९ मा माओवादीको अधिवेशन सम्पन्न: अध्यक्षमा खड्का

गज्जब नेपाल
२०८१ माघ १५, मंगलवार ००:०६

नेकपा माओवादी केन्द्र, चामुण्डाबिन्द्रासैनी ९ को अध्यक्षमा ओम बहादुर खड्का चयन भएका छन् । आइबार सम्पन्न वडास्तरीय अधिवेशनले खड्काको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन गरेको छ।

वडा कमिटीमा सोवन थापा उपाध्यक्ष, छत्रबहादुर खड्का सचिव, निर्मला न्यौपाने सहसचिव, र भद्रा सावन कोषाध्यक्ष चयन भएका छन्। सदस्यहरुमा नगेन्द्र थापा, गीता खड्का, गंगाराम खड्का, शेरबहादुर थापा, र कर्णबहादुर थापा रहेका छन्।

त्यसैगरी, भरत सावन, रबि रोकाय, रज खड्का, उर्मिला भुल, सेब रोकाय, तुल्छा रोकाय, र हिक्मत खड्कालाई पनि वडा कमिटीमा सर्वसम्मत रुपमा चयन गरिएको छ।

कर्णाली प्रदेश कमिटीका सदस्य गौरब खड्का र तारा शाहीले नव-निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ गराउँदै पार्टी संगठनलाई सक्रिय र प्रभावकारी बनाउन निर्देशन दिएको वाईसीएलका जिल्ला अध्यक्ष हर्कबहादुर थापाले जानकारी दिएका छन् ।

 

Next Post

प्रेस सेन्टर दैलेखले २१ औं स्थापना दिवस मनायाे

२०८१ माघ १५, मंगलवार ००:०६
दैलेख- पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसले चुनौती पनि थपिदिएको पत्रकारहरुले बताएका छन् । प्रेस सेन्टर नेपाल दैलेख शाखाले दैलेख सदरमुकाममा आयोजना गरेको अन्तरक्रियामा सहभागीहरुले यस्तो धारणा राखेका हुन् । प्रेस सेन्टरको २१ औं स्थापना दिवसको अवसरमा पत्रकारितामा प्रविधिस् अवसर र चुनौती विषयक अन्तरक्रिया गरिएको हो । कार्यक्रममा नेपाल […]