काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना पुष्टि

श्रीमतीलाई ज्वरो आएपछि उपचार गराउन गएका मेयर शाक्यकाे रिपाेर्ट पाेजेटिभ, श्रीमतीकाे नेगेटिभ

गज्जब नेपाल
२०७७ भाद्र १५, सोमबार २०:१९

भाद्र १५, २०७७ काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना भाइरसकाे संक्रमणमा परेका छन । शनीवार उनी श्रीमतीलाई ज्वरो आएपछि उपचार गराउन धापासीस्थित ग्राण्डी अस्पताल गएका थिए । सो क्रममा मेयर शाक्यले आफ्नो र श्रीमतीको पीसीआर परीक्षण गराएका थिए ।

अस्पतालले साेमवार मात्र उनकाे पीसीआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिएको छ । ज्वरो र रुघा लागेर उपचारका लागि अस्पताल पुगेकी उनकी श्रीमतीको रिपोर्ट भने नेगेटिभ आएको छ । प्रमुख शाक्य काठमाडौंको वडा नम्बर २१ लगनस्थित आफ्नै घरमा होम आइसोलेशनमा बसेका छन् ।

महानगरपालिकाका सञ्चार विज्ञ मोहन बाँस्तोलाले मेयर शाक्यलाइ कुनै लक्षण नभएकाे बताएका छन । उनी  घरमै आइसोलेसनमा बसेका छन । उनले आफूसँग सम्पर्कमा आएकाहरूलाई परीक्षण गराउन र आइसोलेसनमा जान आग्रह पनि गरेका छन् ।

Next Post

७० कराेड कमिसन प्रकरणः मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन

२०७७ भाद्र १५, सोमबार २०:१९
१७ भदौ, काठमाडौं । सर्वाधिक चर्चामा रहेकाे ७० कराेड कमिसनकाे विषयमा अनुसन्धानका लागि विजय प्रकाश मिश्रलाई सात दिनभित्र उपस्थित हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसनमा मोलमोलाई गरेको भन्ने विषयमा अनुसन्धानका लागि अख्तियारले मिश्रलाई बोलाएको हो ।अख्तियारले बुधबार जारी गरेको सार्वजनिक सूचनामा […]