काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना पुष्टि

श्रीमतीलाई ज्वरो आएपछि उपचार गराउन गएका मेयर शाक्यकाे रिपाेर्ट पाेजेटिभ, श्रीमतीकाे नेगेटिभ

गज्जब नेपाल
२०७७ भाद्र १५, सोमबार

भाद्र १५, २०७७ काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना भाइरसकाे संक्रमणमा परेका छन । शनीवार उनी श्रीमतीलाई ज्वरो आएपछि उपचार गराउन धापासीस्थित ग्राण्डी अस्पताल गएका थिए । सो क्रममा मेयर शाक्यले आफ्नो र श्रीमतीको पीसीआर परीक्षण गराएका थिए ।

अस्पतालले साेमवार मात्र उनकाे पीसीआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिएको छ । ज्वरो र रुघा लागेर उपचारका लागि अस्पताल पुगेकी उनकी श्रीमतीको रिपोर्ट भने नेगेटिभ आएको छ । प्रमुख शाक्य काठमाडौंको वडा नम्बर २१ लगनस्थित आफ्नै घरमा होम आइसोलेशनमा बसेका छन् ।

महानगरपालिकाका सञ्चार विज्ञ मोहन बाँस्तोलाले मेयर शाक्यलाइ कुनै लक्षण नभएकाे बताएका छन । उनी  घरमै आइसोलेसनमा बसेका छन । उनले आफूसँग सम्पर्कमा आएकाहरूलाई परीक्षण गराउन र आइसोलेसनमा जान आग्रह पनि गरेका छन् ।

Next Post

७० कराेड कमिसन प्रकरणः मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन

२०७७ भाद्र १५, सोमबार
१७ भदौ, काठमाडौं । सर्वाधिक चर्चामा रहेकाे ७० कराेड कमिसनकाे विषयमा अनुसन्धानका लागि विजय प्रकाश मिश्रलाई सात दिनभित्र उपस्थित हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसनमा मोलमोलाई गरेको भन्ने विषयमा अनुसन्धानका लागि अख्तियारले मिश्रलाई बोलाएको हो ।अख्तियारले बुधबार जारी गरेको सार्वजनिक सूचनामा […]