चामुण्डा विन्द्रासैनी नगरपालिका छ जम्बुकाँधमा आज (आइतबार ) देखि उद्घोषण बोल्नेकला ,नेत्तृत्व विकास तथा आधारभुत पत्रकारीता सम्बन्धी एक हप्ते तालिम औपचारीक रुपमा सुरु गरिएको छ ।
क्षमता अभिवुद्धि तथा दक्ष जनशक्ति उत्पादनका लागि उद्घोषण बोल्ने कला,नेत्तृत्व विकासका लागि पत्रकारीता तालिम भन्ने नाराका साथ सुरु गरिएको उक्त तालिमको उद्घाटन चामुण्डा विन्द्रासैनी नगरपालिकाका उपप्रमुखकाे आतिथ्यतामा गरिएको छ ।
उक्त कार्यक्रमको उद्धघाटन गर्देै नगर उपप्रमुख मनसरा रेग्मीले तालिम पश्चात सहभगिहरुमा ब्यक्तित्वविकास मात्र नभई असल नेतृत्वस्थपित समेतको ठुलो अपेक्षा राख्न सकिने धारण ब्यक्त गरिन ।

सोहि कार्यक्रममा आफ्नो धारणा राख्दै कार्यक्रमका विशेष अतिथि जिल्ला खेलकुद विकास समितिका सचिव भुपेन्द्र शाहीले यस प्रकारका तालिम बाट असल नागरिक तयार भई आम संञ्चार क्षेत्रमा पृथक खालको सचेत अभ्यास विकासमा टेवा पुग्ने आशा ब्यक्त गरे ।
त्यसैगरि कार्यक्रमका विशेष अतिथि महिला सञ्जाल ठाँटिकाँध गाउँपालिका दैलेखकि अध्यक्ष कमला शाहिले कार्यक्रममा मन्तब्य राख्दै पत्रकार महत्त्वपूर्ण अंग भएकोले समाजमा हुने सबल र दुर्वल दुवै किसिमका पक्षलाई उठाउन सक्यो भने असल समाज निर्माण मा यस्ता तालिमले महत्त्वपूर्ण याेगदान पुर्याउने बताईन ।
यस्तै अन्य अतिथिहरुले पनि आफ्नो धारणा सहित तालिम सलताको शुभकामना ब्यक्त ब्यक्त गरेका थिए ।

विगत एक दशक देखि देशभरका थुर्पै ठाउँहरुमा तालिम संचालन गर्दै आएको साझा संञ्चार नेपाल प्रा.ली चावहिल काठमाण्डौ को आयोजनामा उक्त तालिम संञ्चालन गरिएको हो ।
हाल सम्म सयौ को संख्यामा पत्रकारिता तथा आम संञ्चारका क्षेत्रमा सक्रिय जनशक्ति उत्पादन गरीसकेको उक्त संस्थाको दावि रहेको छ ।

तालिम पश्चात सहभागिहरुमा वाककला लेखनसिप तथा नेतृत्व विकास गराउनुका साथै आधारभुत पत्रकारीता तालिम प्रदान गरी समाजका ज्वलन्त गतिविधि हरुमा रचनात्मक भुमिका निर्वाहागरि समृद्ध समाज निमार्णमा टेवा पुर्याउने मुख्य उदेश्य रहेको र तालिममा करिब डेढदर्जन बढि प्रशिक्षार्थिहरुको उत्साहापुर्ण सहभागिता रहेको तालिम संयोजक तेजेन्द्र शाहिले जानकारी दिएका छन ।
तालिम यहि वैशाख २३गत्ते सम्म संञ्चालन हुनेछ ।

