जुम्लामा स्याउ महोत्सव हुने

केशबराज पाैडेल
२०७९ भाद्र २५, शनिबार ११:०८

जुम्ला – जुम्ला जिल्लामा स्याउ महोत्सव हुुने भएको छ। स्याउको बजारीकरणका लागि यही भदौ २७ र २८ गते तेस्रो जुम्ला स्याउ महोत्सव आयोजना हुन लागेको हो।

महोत्सवले उत्पादनको बजार विस्तारका साथै पर्यटन प्रवर्धन हुने विश्वाससहित महोत्सव आयोजना गर्न लागेको आयोजक कान्जिरोवा टाइम्सका प्रबन्धक निर्देशक महेन्द्र कार्कीले बताएका छन । महोत्सवले जुम्लामा उत्पादित स्याउलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन सहयोग पुग्ने पनी उनले बताए। महोत्सवमा स्थानीय संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम पनि हुने छ।

जुम्लामा हुने दुइ दिने स्याउ महोत्सवमा विभिन्न प्रजातिका स्याउका साथै स्याउका परिकार राखिने जानकारी दिइएको छ। महोत्सवमा जुम्लामा उत्पादन हुने रेड र गोल्डेन डेलिसियस जातका स्याउका पनि परिकार विशेष आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ।

 

Next Post

२४ घण्टामा १ सय ६३ जनामा कोरोना पुष्टि

२०७९ भाद्र २५, शनिबार ११:०८
काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा १ सय ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी ३ हजार ७ सय ४६ जनाको नमुना परीक्षण गर्दा १ सय ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थप १ सय ३० […]

याे पनि पढ्नुहाेस्