आठबीस नगरपालिका वडा नम्बर ५ पिपलकोटकी हस्तना वि.क. एक विधवा महिला हुन । उनकाे ७ जनाकाे परिवार छ । २ वर्ष अघि श्रीमानकाे निधन भएपछि उनका ६ जना छाेराछाेरी उनीसंगै आश्रीत छन् । उनका ४ वर्षदेखी १३ वर्षसम्मका ६ वटा साना छोराछोरी छन् ।


ज्याला मजदुरी र सामान्य कृषिबाट बिहान बेलुकाकाे छाक टार्न समेत उनलाइ मुस्किल छ । दशैं नजिकिए संगै उनलाइ आर्थिक अभावले पिराेल्न थालेपछि उनी राहतकाे आशामा थिइन ।
यत्तिकैमा सामाजिक सेवा केन्द्र (साेसेक) दैलेखले उनलाइ सहयाेग गर्न खाेजेपछि वडाबाट विपन्न सिफारिस माग गर्याे । याे सहयाेगले खुसिका साथ दशैं मनाउने आशाका साथ उनी सिफारिस लिन वडा कार्यालय गइन । तर उनकाे त्याे अाशा वडा कार्यालयले निराशामा बदल्दियाे । उनले गहभरी आँशु निकाल्दै भनिन “मेराे वडाले दशैं खल्लाे बनायाे” ।
आठबीस नगरपालिका ५ नं. वडा कार्यालयले उनलाइ विपन्न नागरिकाे सिफारिस दिन मानेन । सिफारिस नदिएपछि स्थानीय आक्राेशित बनेका छन् । घरमा खाने अन्न नभएको बेला गरिवलाई राहत दिन वडाले कुनै कार्य नगरेको आरोप उनीहरुको छ ।
सोसेक भन्ने संस्थालाई वडामा काम गर्न नदिने अघिल्लो वर्ष नै निर्णय गरिएको कारण सिफारिस नदिएको वडाअध्यक्ष कर्णबहादुर आलेले बताए । वडाले उहाँहरुलाई आर्यआर्जनका साना कार्यक्रम दिएको र आगामी वर्षपनि दिने तर, आफुहरुले प्रतिवन्ध लगाएको संस्थाको कुनै पनि कार्यक्रम स्विकार नगर्ने वडाअध्यक्ष आलेले बताए ।


