प्रतिनिधि सभा विघटनकाे निर्णय सर्वोच्चद्वारा बदर, १३ दिनभित्रै संसद् बैठक बोलाउन आदेश

गज्जब नेपाल
२०७७ फाल्गुन ११, मंगलवार १९:४२

काठमाण्डाै–

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । संवैधानिक इजलासमा भएको बहसका आधारमा सर्वोच्चले प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गर्दै संसद् पुनर्स्थापनाकाे फैसला गरेको हो ।

गएकाे पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए । रिटको सुनुवाइको लागि संवैधानिक इजलास गठन भएको थियो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका थिए । यसैगरी सर्वाेच्चकाे आदेशमा आदेशमा १३ दिनभित्रै संसद् बैठक बोलाउन भनिएको छ ।

Next Post

दैलेखमा पाठेघरकाे निःशुल्क शल्यक्रिया शिविर सुरु, विरामीले नगद १ हजार पाउने

२०७७ फाल्गुन ११, मंगलवार १९:४२
दैलेख स्वास्थ्य सेवा कार्यालय दैलेखमा महिलाहरूकाे पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रिया शिविर सुरु भएको छ। शिविरका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका स्त्रीरोग बिशेषज्ञ डा. राजीव शाहको नेतृत्वमा चिकित्सकहरुको टोली दैलेख आएकाे छ । शिविरमा शल्याक्रिया हुने विरामी महिलालाइ यातायात बापत नगद रू. १ हजार र खाजा वापत प्रति छाक […]