बेसाहारा हस्तनाकाे पिडादायी जीवन, गास न बासः भाेकै कतिदिन सुत्ने ? (भिडियाे)

गज्जब नेपाल
२०७७ कार्तिक ८, शनिबार १०:००

८ कात्तिक २०७७, दैलेख

जिल्लाकाे अाठबिस नगरपालिका ५ पिपलकाेटकी २८ वर्षिय हस्तना वि.क. चार छोरी र दुई छोरा सहित ६ सन्तानकी अामा हुन । २ वर्ष अघि श्रीमान गुमाइसकेकी हस्तनाकाे बिहान बेलुकाका छाक टार्ने समेत उपाय छैन ।

चावपर्वमा पनि भोकभोकै बस्नुपर्ने चिन्ताले उनलाइ पिराेली रहेकाे थियाे । यस्तैमा उनलाइ सहयाेगकाे लागि एक सामाजिक संस्थाले वडाकाे सिफारिस माग गरेकाे थियाे । तर वडा कार्यालयले सिफारिस दिन मानेन ।

गज्जब नेपाल लगाएतका सञ्चार माध्ययममा गरिबीले ठगेको हस्तनाको परिवारलाई गैरसरकारी संस्थाहरुले जीविकोपार्जनमा सहयोग गर्न खोजेपनि वडा कार्यालयले सिफारिस नदिएको र खान लगाउन समेत मुस्किल भएको देखाईएको थियो ।

‘गहभरी आँशु निकाल्दै हस्तनाले भनिन्ः “मेराे वडाले दशैं खल्लाे बनायाे’ शिर्षकमा फोटो सहित समाचार प्रकाशन भएपछि प्रतिनीधि सभा सदस्य पार्वती विशुन्केको पहलमा शान्ति चिल्ड्रेन फाउण्डेशनको पाँच हजार र जिल्लास्थित सामाजिक अभियान्ताहरुले सहयोग स्वरुप संकलन गरेको आठ हजार रुपैयाँ सहित १३ हजार रुपैयाँ हस्तनाको परिवारलाई हस्तान्तरण गरिएको छ ।

बडादशैंको मुखमा भोकभोकै बस्न बाध्य उनको परिवारलाई सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले खाद्यान्न उपलब्ध गराएको छ । चामल, दाल, तेल, नुन, साबुन, ब्रस, मनजन सहयोग गरेको संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापाले जानकारी दिए । थोरै भएपनि राहत होस् भन्ने उदेश्यले खाद्यान्न सहयोग गरिएको संस्थापक अध्यक्ष थापाले जनाए ।

कस्ताे छ हस्तनाकाे जीवन? भिडियाे हेर्नुहाेसः

Next Post

नारायण नगरपालिकाका नगरप्रमुखलाई कोरोना संक्रमण पुष्टि

२०७७ कार्तिक ८, शनिबार १०:००
नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्न बहादुर खड्का र वडा नं १ का अध्यक्ष तीर्थनारायण श्रेष्ठ ध्रुवलाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको परीक्षणमा उनीहरूलाई कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लाल बहादुर खड्काले गज्जब नेपाललाई जानकारी दिएका छन् । अहिले खड्कालाई दैलेख जिल्लाको कोरोना अस्पतालमा राखिएको […]

याे पनि पढ्नुहाेस्