राष्ट्रिय झण्डा जलाउने ९ जना पक्राउ

गज्जब नेपाल
२०७७ भाद्र ३, बुधबार १५:४६

०३ भदौ २०७७, काठमाडौं :
नेपालको राष्ट्रिय झण्डा जलाएको अाराेपमा प्रहरीले ९ जनालाइ पक्राउ गरेकाे छ । केहि समय अघि एउटा म्युजिक भिडियोमा अभिनय गर्ने क्रममा नेपालकाे राष्ट्रिय झण्डा जलाए पछि देशव्यापी रूपमा विराेध भएकाे थियाे ।

दुई दिनअघि ‘देशद्रोही’ शीर्षकमा मंगोल हप अफिसियल युट्युब च्यानलबाट राष्ट्रिय झण्डा जलाइएको भिडियो अपलोड भएको थियो । भिडियो सार्वजनिक भएलगत्तै यसको तीव्र विरोध हुँदै आएको थियो ।

अहिले पनि सामाजिक संजालमा भिडियो तथा तस्बिर भाइरल भएका छन्। उक्त देशद्राेही गितका गायक ग्याल्जोम दोर्जे तामाङ्गसहित भिडियोमा अभिनय गर्ने ९ जनालाइ केन्द्रीय अनुसन्धान ब्‍युरो (सीआईबी) र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो। राष्ट्रिय झण्डा जलाउने उनीहरूलाई कानुन बमोजिम कारबाही गरिने भएकाे छ ।

गीतको सुटिङ भिडियोमा मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित विष्णु आधारभूत विद्यालयको प्रांगणमा भएको देखिएको छ। मुलुकी अपराध संहिता ऐन २०७४,को १५१ को दफा १ र २ अनुसार नेपालको राष्ट्रिय झण्डा जलाउने र च्यात्नेलाई तीन वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै हुने उल्लेख छ।

Next Post

दैलेखमा फेरी पहिराेले घर भत्काउन थाल्याे, स्थानीयको चौरमै बास

२०७७ भाद्र ३, बुधबार १५:४६
४ भदौ, दैलेख जिल्लाको ठाँटिकाध गाउँपालिकामा बाढी पहिरोको जोखिमबाट बच्न स्थानीय बासिन्दा खुला चौरमा बस्न बाध्य भएका छन् । बाढी पहिरोको उच्च जोखिममा परेको ठाँटीकाँध गाउँपालिका वडा नं. २ को जौचौरका बासिन्दा त्रसित बनेका छन् । पहिरोका कारण घरहरु चर्किएपछि स्थानीय १७ घर परिवार नजिकैको बिजारेचौर भन्ने ठाउँमा खुला रुपमा बसिरहेको […]