आचारसंहिता कार्यान्वयनबारे निर्वाचन आयोगले छलफल गर्ने

केशबराज पाैडेल
२०७९ आश्विन ९, आईतवार

काठमाण्डौ – निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनबारे आज १२ वटा राजनीतिक दलसँग छलफल गर्दैछ ।

निर्वाचन आचारसंहिताबारे छलफल गर्न आयोगले दलका शीर्ष नेतालाई बोलाएको हो । दलहरूसँग छलफल गरेर आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउन मुख्य ध्यान दिने आयोगले जनाएको छ ।

सङ्घीय संसद् र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग दिउँसो १२ बजे छलफल गर्न लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ ।

Next Post

बडा दशैँ आजदेखी सुरु , आज घटस्थापना

२०७९ आश्विन ९, आईतवार
काठमाण्डौ –  बडा दशैँको पहिलो दिन आज घटस्थापना ।यसवर्षको दशैँ आजदेखि सुरु भएको छ । बडा दशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवम् गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा […]