बाल न्याय प्रणाली सम्बन्धि २ दिने अभिमुखिकरण

केशबराज पाैडेल
२०८१ चैत्र ८, शुक्रबार २०:०७

दुल्लू नगरपालिकाले बाल न्याय प्रणाली बारे दुल्लूमा दुई दिने अभिमुखीकरण कार्याशाला सञ्चालन गरेको छ । दुल्लू नगरपालिकाको आयोजनामा भएको अभिमुखिकरणमा बोल्दै
जिल्ला अदालत दैलेखका न्यायाधीश कुलप्रसाद पाण्डेले बालबालिकालाई कुलतबाट रोक्न परिवार र समुदायको मुख्य भूमिका रहेको बताउनुभएको छ ।


त्यसबखत बाल न्याय समन्वय समितिका सदस्य सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापा हालै गैसस महासंघको केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएकोमा खादा माला लगाएर सम्मान गरिएको थियो । सम्मानित थापाले यो सम्मानले आफूलाई थप उत्साहित गराएको बताउनुभयो ।

दुल्लू नगरपालिकाका प्रमुख भरतप्रसाद रिजालको अध्यक्षतामा भएको कार्यशाला उद्घाटन कार्यक्रममा दुल्लू नगरपालिकाका उपप्रमुख बिना कार्की, दैलेख जिल्ला अदालतका बाल मनोविज्ञ पत्रकार अमर सुनार, दुल्लू नगरपालिका शिक्षा शाखा प्रमुख बिकासजङ्ग शाहीले बाल न्याय प्रणाली र यसको महत्व बारे प्रकाश पार्नुभएको थियो ।

कार्यशालामा जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डे, बाल मनोविज्ञ पत्रकार अमर सुनार, दैलेख जिल्ला अदालतका बैतनिक वकील हरि खत्री, जिल्ला सरकारी वकील कार्यालय दैलेखका सहायक जिल्ला न्यायाधिवक्ता धर्मराज न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।
कार्याशालाको दोश्रो दिन शनिबार दैलेखका प्रमुख जिल्ला अधिकारी, दैलेखका प्रहरी इञ्चार्ज डीएसपी सुनिल दाहाल र दुल्लू नगरपालिकाका शिक्षा शाखा प्रमुख बिकासजङ्ग शाहीले सहजीकरण गर्नु हुने कार्यक्रम रहेको दुल्लू नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख उमा उपाध्यायले जानकारी दिनुभयो ।

Next Post

दैलेखमा घाँस काट्ने क्रममा करेन्ट लागेर ज्यान गएपछि कर्णाली राजमार्ग अबरूद्व

२०८१ चैत्र ८, शुक्रबार २०:०७
दैलेखको आठबिस नगरपालिकास्थित राकम कर्णालीमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा आठविस नगरपालिका ४ का २९ वर्षीय नगेन्द्र बहादुर माझीको मृत्यु भएको हो। प्राधिकरणको लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आक्रोशित आफन्तले शव बुझ्न अस्वीकार गरेका थिए। विधुत कार्यालय दैलेखको लापरवाहीका कारण करेन्ट […]