सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

गज्जब नेपाल
२०७९ माघ ८, आईतवार ०७:४७

८ माघ २०७९, सुर्खेत

गएराति सुर्खेतको झुप्राखोला नजिक डबल क्याप हाइलेक्स गाडी दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन ।

घाइते ४ जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मृत्यु हुनेमा २७ बर्षिय चालक सागर शाही, डुङ्गेश्वर गा.पा.–५ दैलेखका ३३ वर्षीय दिपेन्द्रजंग शाही, भगवतीमाई गा.पा.–५ दैलेखका ३१ वर्षीय बविन शाही र गराँस गा.पा.–३ बस्ने बर्ष ३६ का राजेन्द्र विसी रहेको प्रहरीको भनाई छ ।

त्यसैगरी दैलेख भैरवी गा.पा.– ५ बस्ने बर्ष २६ को बिरेन्द्र राज शाहीको छातीमा गम्भिर चोट लागेको हुँदा उपचार भईरहेको छ ।

छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बा.प्र. ०१०२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स गाडी आइतबार विहान २ः३० बजे अनियन्त्रित भई सडकदेखि करिब ८० मिटर तल खसेको छ ।

Next Post

कसरी मर्‍यो चितुवा ?

२०७९ माघ ८, आईतवार ०७:४७
१० माघ २०७९, दैलेख दुल्लु नगरपालिका-९ पादुका क्षेत्रमा बँदेलले किसानहरुलाई हैरान पार्‍यो । संधैजसो जंगली बँदेलले उनीहरुले लगाएको अन्नबाली र सागपात नष्ट गर्न थाल्यो । बंदेलले दुःख दिन थाले पछि उनीहरुले डिभिजन वन कार्यालय दैलेखलाई खबर पनि गरे । तर समस्या समाधान भएन । त्यसपछि दुःखी बनेका किसानहरुले एउटा जुक्ति […]