२९ असार, काठमाडौं ।
नियूक्त भएकाे पहिलो दिनबाटै राष्ट्रपति-प्रधानमन्त्रीबीच द्वन्द्व सुरू भएकाे छ । संविधानको धारा उल्लेख नभएसम्म शपथ नलिने प्रधानमन्त्री शेरबहादुर देउवाले अडान लिएका छन् । संविधानका धारा उल्लेख गरेर सफत गराउन नसकिने राष्ट्रपती विद्यादेवी भण्डारीले बताएकी छन ।

राष्ट्रपति भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले त्यसलाई नसच्याएसम्म शपथ ग्रहण गर्न अस्वीकार गरेका हुन् । उनले राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी उल्लेख गर्नुपर्ने अडान लिएका स्रोतले जनाएको छ ।
राष्ट्रपति भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरी सर्वोच्च अदालतको फैसला बमोजिम प्रधानमन्त्री नियुक्त गरेको उल्लेख गरेकी छिन् । तर देउवाले भने आफूले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गरेको र सर्वोच्च अदालतले त्यसै धारा अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएको भन्दै राष्ट्रपतिलाई नियुक्ति सच्याउन आग्रह गरेका हुन् ।
यस्तो छ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति



