राष्ट्रपति कार्यालयले आजै शेर बहादुर देउवालाइ प्रधानमन्त्रीकाे सपथ खुवाउँदै

गज्जब नेपाल संवाददाता
 
२०७८ असार २९, मंगलवार ०८:०८ मा प्रकाशित

२९ असार, काठमाडौं ।

 राष्ट्रपति कार्यालयले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाइ प्रधानमन्त्री नियुक्त गर्दैछ । कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए ।

सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चले मंगलबार पाँच बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको थियो ।

देउवा यसअघि चार पटकसम्म प्रधानमन्त्री बनिसकेका छन् । प्रधानमन्त्रीको रुपमा उनको यो पाँचौ इनिङ हो । देउवाले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् । त्यसका लागि देउवा आन्तरिक परामर्शमा व्यस्त रहेको उनको सचिवालयले जनाएको छ ।

Next Post

राष्ट्रपति-प्रधानमन्त्रीबीच सरूमै द्वन्द्व, संविधानको धारा उल्लेख नभए शपथ नलिने प्रधानमन्त्रीकाे अडान, उल्लेख गर्न नसकिने राष्ट्रपती भण्डारीकाे भनाइ

२०७८ असार २९, मंगलवार ०८:०८
२९ असार, काठमाडौं । नियूक्त भएकाे पहिलो दिनबाटै राष्ट्रपति-प्रधानमन्त्रीबीच द्वन्द्व सुरू भएकाे छ । संविधानको धारा उल्लेख नभएसम्म शपथ नलिने प्रधानमन्त्री शेरबहादुर देउवाले अडान लिएका छन् ।  संविधानका धारा उल्लेख गरेर सफत गराउन नसकिने राष्ट्रपती विद्यादेवी भण्डारीले बताएकी छन । राष्ट्रपति भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले […]

याे पनि पढ्नुहाेस्