लद्दाखमा चिनियाँ सैनिकले सहमति उल्लङ्घन गर्याेः भारत

गज्जब नेपाल
२०७७ भाद्र १५, सोमबार १८:२२

१५ भदौ २०७७, काठमाण्डौ

भारतले चिनियाँ सैनिकहरुले पूर्वी लद्दाखमा सीमामा गरिएको सहमति उल्लङ्घन गरेको आरोप लगाएको छ । चिनियाँ सैनिकहरुले उक्साहट कदम उठाउँदै सीमाको अहिलेको स्थिति परिवर्तन गर्ने प्रयास गरेको तर त्यसलाई आफ्नो सेनाले रोकेको भारतले दाबी गरेको छ ।

भारतीय सेनाले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारतीय सैनिकहरुले प्योङयाङ त्सो पोखरीमा चिनियाँ सैनिकको उक्साहटलाई रोका छन् । भारतीय सेना संवादको माध्यमबाट शान्ति कायम गर्न र आफ्नो क्षेत्रको अखण्डताको सुरक्षाको लागि पनि प्रतिबद्ध छ । यो विवादलाई लिएर ब्रिगेड कमाण्डर स्तरमा बैठक जारी छ ।’

चीनले भने आफ्नो सैनिकले एलएसी पार गरेको खबरको खण्डन गरेको छ । चीनको सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेश मन्त्री वाङ यीले आफ्नो देशको सेनाले वास्तविक नियन्त्रण रेखाको पालना गर्ने र चिनियाँ सेनाले अहिलेसम्म त्यो रेखालाई पार नही गरेको बताउनुभएको छ ।

गएको जुन महिनमा भारत र चिनियाँ सैनिकहरुबीच गलवान उपत्यकामा सङ्घर्ष हुँदा कम्तीमा २० भारतीय सैनिकको ज्यान गएको थियो । तर चीनले अहिलेसम्म पनि आफ्नो पक्षमा कति जना हताहत भएको भन्नेबारेमा जानकारी दिएको छैन । यो घटनापछि दुई देशबीच छलफल जारी छ तर तनाव भने अझै कायम छ ।

Next Post

कार्टुन क्रुजका सरोज र आश्माको अभिनयमा नयाँ गित रिलिज (भिडियाे)

२०७७ भाद्र १५, सोमबार १८:२२
काठमाडौं । गायक तथा संगीतकार शंकर थापाकाे नयाँ रोमान्टिक गीत रिलीज भएको छ । ‘सार्टनैको चोली’ नामक यस गीतको सार्वजनिक भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा बिश्वकर्माले अभिनय गरेका छन् । ‘सेल्फी हानौंला’, ‘ट्यूसन पढाउँछु’, ‘क्यालेण्डर’ जस्ता दर्जनौं गीतबाट चर्चित बनेका थापाकाे गीतमा अम्बिका गुरुङको शब्द, शंकरको संगीत तथा स्वर […]