दैलेखमा अन्तिम चरणकाे पेट्रोलियम उत्खननका लागि चिनियाँ विज्ञ टोली आउदै (भिडियाे)

गज्जब नेपाल
२०७७ चैत्र १, आईतवार २२:२४

दैलेखमा अन्तिम चरणमा पेट्रोलियम पदार्थ अन्वेषण काम गर्न चैत १९ (अप्रिल १) मा चिनियाँ विज्ञ टोली नेपाल आइपुग्ने भएको छ । यो टोलीले गर्ने अन्वेषणपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यवसायिक उत्खनन् सम्भावनाको टुंगो लाग्नेछ । यो चरणमा हुने ड्रिलिङलगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्तो लाग्नेछ ।

अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा त्यसको प्राविधिक पक्षको पनि ब्याख्या गर्नेछ । पहिलो चरणमा साइस्मिक सर्वेक्षणअन्तर्गतको काम सकिएपछि २०७६ फागुनमा चिनियाँ प्राविधिक टोली स्वदेश फर्किएको थियो ।

पहिलो चरणको सर्वेक्षणमा अन्वेषण भएको क्षेत्रमा पेट्रोलियम खानी हुनसक्ने सम्भावना देखिएपछि ‘ड्रिलिङ’सहितको काम गर्न चिनियाँ टोली नेपाल आउन लागेको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बताए । ‘विज्ञसहित २३ जनाको टोली नेपाल आउँदैछ,’ उनले भने,’अहिले भिसा प्रक्रियालगायतको काम हुँदैछ ।’

भिडियाे लिंक: https://youtu.be/AO63MLXL9rM

Next Post

गाउँ गाउँमा जीवन उपयोगी सीप सिकाउन २५ जना प्रशिक्षक तयार गरिँदै

२०७७ चैत्र १, आईतवार २२:२४
दैलेख, ५ चैत्र, २०७७ दैनिक जीवनमा आइपर्ने समस्या समाधान, निर्णय लिने क्षमता तथा सम्वेग नियन्त्रण लगायतका करिब एक दर्जन जीवन उपयोगी तथा वित्तीय सीपहरु सिकाउन प्रशिक्षक प्रशिक्षण तालिम दैलेखमा सुरु भएको छ । बिहीबारदेखि दैलेख सदरमुकाममा सुरु भएको तालिम ५ दिनसम्म चल्ने छ । तालिम पश्चात प्रशिक्षकहरु गाउँ गाउँमा गएर […]