दैलेखमा अन्तिम चरणकाे पेट्रोलियम उत्खननका लागि चिनियाँ विज्ञ टोली आउदै (भिडियाे)

गज्जब नेपाल
२०७७ चैत्र १, आईतवार

दैलेखमा अन्तिम चरणमा पेट्रोलियम पदार्थ अन्वेषण काम गर्न चैत १९ (अप्रिल १) मा चिनियाँ विज्ञ टोली नेपाल आइपुग्ने भएको छ । यो टोलीले गर्ने अन्वेषणपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यवसायिक उत्खनन् सम्भावनाको टुंगो लाग्नेछ । यो चरणमा हुने ड्रिलिङलगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्तो लाग्नेछ ।

अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा त्यसको प्राविधिक पक्षको पनि ब्याख्या गर्नेछ । पहिलो चरणमा साइस्मिक सर्वेक्षणअन्तर्गतको काम सकिएपछि २०७६ फागुनमा चिनियाँ प्राविधिक टोली स्वदेश फर्किएको थियो ।

पहिलो चरणको सर्वेक्षणमा अन्वेषण भएको क्षेत्रमा पेट्रोलियम खानी हुनसक्ने सम्भावना देखिएपछि ‘ड्रिलिङ’सहितको काम गर्न चिनियाँ टोली नेपाल आउन लागेको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बताए । ‘विज्ञसहित २३ जनाको टोली नेपाल आउँदैछ,’ उनले भने,’अहिले भिसा प्रक्रियालगायतको काम हुँदैछ ।’

भिडियाे लिंक: 

Next Post

गाउँ गाउँमा जीवन उपयोगी सीप सिकाउन २५ जना प्रशिक्षक तयार गरिँदै

२०७७ चैत्र १, आईतवार
दैलेख, ५ चैत्र, २०७७ दैनिक जीवनमा आइपर्ने समस्या समाधान, निर्णय लिने क्षमता तथा सम्वेग नियन्त्रण लगायतका करिब एक दर्जन जीवन उपयोगी तथा वित्तीय सीपहरु सिकाउन प्रशिक्षक प्रशिक्षण तालिम दैलेखमा सुरु भएको छ । बिहीबारदेखि दैलेख सदरमुकाममा सुरु भएको तालिम ५ दिनसम्म चल्ने छ । तालिम पश्चात प्रशिक्षकहरु गाउँ गाउँमा गएर […]