अर्थमन्त्री खतिवडा ७२ घण्टामा पदमुक्त हुंदै, वामदेवलाइ राष्ट्रियसभामा लैजाने तयारी

६ महिने कार्यकाल आइतबार राति १२ बजे सकिंदै

गज्जब नेपाल
२०७७ भाद्र १८, बिहीबार

१८ भदौ, काठमाडौं ।

अर्थमन्त्री डा. युवराज खतिवडा ७२ घण्टामा पदमुक्त हुंदैछन । उनको ६ महिने कार्यकाल आइतबार राति १२ बजेसम्म मात्रै रहेकाे छ । डा. खतिवडा ०७६ साल फागुन फागुन २० गते अर्थमन्त्रीबाट राजीनामा दिएर २१ गते अर्थमन्त्रीमा पुनः नियुक्त भएका थिए । उनले २१ गते नै सपथ-ग्रहण गरेका थिए ।

सपथ ग्रहण गरेको दिनदेखि गणना गर्दा भदौ २१ गते राति १२ बजे उनको ६ महिने पदावधि समाप्त हुन्छ । संविधानअनुसार संसदको सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न मिल्दैन । संविधानतः मन्त्री पदमा बस्न नमिल्ने भएकाले अर्थमन्त्री खतिवडाले अबको दुई दिनभित्र राजीनामा दिने सम्भावना रहेको उच्च स्रोतले बताएकाे छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा रहेको रिक्त पदमा खतिवडालाई नियुक्त गर्ने र अर्थमन्त्रीमा निरन्तरता दिने ईच्छा गरे पनि पार्टी उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामा जाने चाहना प्रकट गरेका छन् । आज दिउँसो ३ बजे बस्ने सचिवालय बैठकले बहुमतका आधारमा वामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय गर्दैछ । वामदेवलाई राष्ट्रियसभामा लैजाने औपचारिक निर्णय हुनु भनेको अर्थमन्त्री खतिवडाको बहिगर्मन निश्चित हुनु हो ।

त्यसो त बुधबार राति बालुवाटारमा प्रधानमन्त्री ओली र वामदेव गौतमवीच छलफल भएको थियो । सो छलफलमा प्रधानमन्त्री ओलीले अहिले युवराजलाई नै राष्ट्रियसभामा लैजाऔं, तपाईलाई अर्को विकल्प खोजौंला भन्ने गौतमसमक्ष राखेका थिए । तर, गौतमले प्रधानमन्त्रीको प्रस्ताव मानेनन् ।

बुधबार वामदेवसँग छलफल गर्नुपूर्व प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसँग पनि युवराज खतिवडालाई राष्ट्रियसभामा मनोनित गर्नेबारे छलफल गरेका थिए । तर, प्रचण्डले पनि यसबारे पार्टीले नै निर्णय गर्नुपर्ने बताए ।

जबकि नेकपा सचिवालयले यसअघि नै वामदेवलाई राष्ट्रियसभामा पठाउने निर्णय गरिसकेको छ । ९ सदस्यीय सचिवालयमा वामदेवको पक्षमा बहुमत छ । महासचिव विष्णु पौडेलसमेत वामदेवकै पक्षमा उभिएका छन् । प्रधानमन्त्रीको पक्षमा ईश्वर पोखरेलमात्र छन् । बादल कतै खुलेका छैनन् ।

वामदेव गौतमले आफूलाई राष्ट्रियसभाको सदस्य मात्रै नभई उपप्रधानमन्त्री र अर्थमन्त्री बनाउनुपर्ने माग गरेका छन् । जब कि संविधानले एकपटक चुनाव हारेको व्यक्ति संसदको सोही कार्यकालमा मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्था छ ।

Next Post

दैलेखमा धमाधम पिसिआर परीक्षण, आजै १०९ जनाको स्वाब संकलन, रिपाेर्ट भाेली (भिडियाे)

२०७७ भाद्र १८, बिहीबार
१८ भाद्र २०७७, दैलेख दैलेखमा समुदाय स्तरमा कोरोनाको संक्रमण देखिन थालेपछि पिसिआर परीक्षणको दायरा बढाइएको छ । जिल्लाको सदरमुकाम समेत रहेको दैलेख बजारमा धेरै जनघनत्व भएकोले कोरोना भाइरसको संक्रमण छिटो फैलिन सक्ने भन्दै पहिलो चरणमा स्थानीय व्यापारीहरुको चेकजाँच गरिएको स्वास्थ्य शाखा संयोजक लाल बहादुर खड्काले बताए । समुदायमा कोरोना भाइरसको […]