दैलेखकाे भैरव माध्यमिक विद्यालय नौमुलेका प्राविधिक धारका विद्यार्थीहरू पढ्दै कमाउदै गर्न थालेका छन् । विद्यालयमा अध्ययनरत कक्षा ९-१२ बाली बिज्ञानतर्फका विद्यार्थीहरुले पढाइ संग-संगै च्याउखेती पनि गरिरहेका छन ।
उनीहरूले मासिक रूपमा २० देखि २५ किलाेसम्म उत्पादन गरि बेच्ने गरेका छन् । प्राविधिक शिक्षक हेमन्त बस्नेतले विद्यालयको परिसरमा धानखेती बिद्यालयका सबै मिलेर गर्ने र त्यसबाट बनेको पराललाइ च्याउ खेतिका लागि प्रयोग गर्ने गरेकाे बताए । उनले च्याउको बिउ तथा अन्य आवाश्यक पर्ने सामाग्री बिद्यालयले बेहोरेको बताए ।
बिद्यार्थिलाइ पढाइ संगसगै आधुनिक कृषी पेशामा अहिले देखि बानीको बिकास भयो भने भोलि कोहि बिदेश जान नपर्ने देशमै आत्मनिर्भरको लागि विभिन्न बालीको अध्यन गरेर आत्मनिर्भर हुन सहयोग पुग्ने उनको भनाइ छ ।
च्याउ स्वास्थ्यको लागि एकदमै फाइदा जनक खाद्यान्न तरकारी भयकाले यसलाइ अझ धेरै उत्पादन गरेर गाउपालिका भित्र च्याउको माग पूरा गर्न चाहेको उनकाे भनाइ छ ।