दैलेखका गाउँगाउँमा नेपाली कांग्रेस बधाइ तथा सम्मानमै व्यस्त

हिजाेका मनमुटाव थाती राखेर सफा मनले महाधिबेशनमा जानूपर्नेमा जाेड

गज्जब नेपाल
२०७७ भाद्र २०, शनिबार २१:१०

नेपाली काङ्ग्रेसको केन्द्रिय बिभागमा दैलेखवाट मनोनित सदस्यहरूलाई बधाई तथा सम्मान कार्यक्रमले यतिवेला तिव्रता पाएकाे छ । जिल्लावाट नेपाली कांग्रस शुभेच्छुक संस्था समन्वय विभागमा जगत जङ्ग थापा, सुचना, सञ्चार तथा प्रचार बिभागमा भेष बहादुर थापा, उद्याेग बिभागमा नर सिंह मल्ल, सहकारी बिभागमा बखत कटुवाल, महिला विभागमा निर्मला खड्का, तरूण विभागमा राजेश शाही, विपत व्यवस्थापन विभागमा भरत रिजाल र श्रमिक बिभागमा हर्क बिसि मनाेनित भएका छन ।

मनाेनित सदस्यहरूलाइ जिल्लाका विभिन्न ठाउँहरूमा वधाइ तथा सम्मान गरिएकाे छ । जिल्लाका विभिन्न गाउँगाउँमा बधाइ तथा सम्मानका कार्यक्रमले यतिवेला तिव्रता पाएकाे छ । सम्मान कार्यक्रममा उनीहरूले अाफुहरूलाइ मनोनयन गर्नु भएकोमा नेपाली काङ्ग्रेसका सभापती शेर ब देउबालाई धन्यवाद दिएका दिएका छन् ।

शनिवार पनि नेपाली कांग्रेस डुङ्गेश्वर गाउँपालिका ५ नं. वडा कार्यसमितिले उनीहरूलाइ सम्मान गरेकाे छ ।  कार्यक्रममा वाेल्दै सुचना, सञ्चार तथा प्रचार बिभागका केन्द्रीय सदस्य भेष बहादुर थापाले मन भित्रका हिजोका सबै द्वेष, मनमुटाव र असन्टुष्टीलाई थाती राखेर सफा मन सहित महाधिबेशनमा जानू पर्ने कुरामा जोड दिए ।

नेपाली काङ्ग्रेस लाई पुरातन होइन समयको माग अनुसार नबिनतम शैली मा लिनु पर्ने र पार्टीका कार्यकर्ता हरुको सहि मुल्यांकन गर्ने परिपाटी को बिकास हुनु पर्नेकुरामा जोड दिदै पार्टीमा भाडभैलो सिर्जना गर्नेलाई समयमै पाखा लगाउने पर्ने कुरामा वक्ताहरूले एक्यवद्वता जनाएका थिए ।

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रबिन्द्र श्रेष्ठ, खेमराज केसि, कोषाध्यक्ष पुर्ण खत्री, जिल्ला सदस्य तिर्थ बहादुर वुढा, महिला संघ सभापति सीता राना लगाएतले वधाइ तथा शुभकामना दिएका छन ।

Next Post

दैलेखका पहिरो पिडितलाई नयाँ घर बनाउने एभरेष्ट क्लवकाे योजना

२०७७ भाद्र २०, शनिबार २१:१०
दैलेख । जिल्लाकाे ठाटीकाँध गाउँपालिका ४ गैरागाउँका पहिरो पिडितलाई नयाँ घर बनाउने याेजना रहेकाे एभरेष्ट क्लब दैलेखले जनाएकाे छ । क्लवका अध्यक्ष दिपक कुमार शाहीले भने, हाम्रो क्लबको सहजीकरणमा विभिन्न गैरसरकारी एवं सरकारी सहयोगमा नयाँ घर बनाउने योजनामा छौं । त्यसको लागि क्लब द्धारा पहिरो पिडितको सर्वेक्षण गरिसकिएको छ । […]