२०७७ भाद्र २२, दैलेख
२०७७ भाद्र १२ शुक्रवार दैलेख ठाटीकाँध गाउँपालिका १ की २३ बर्षिय पार्वती शाहीलाई सुत्केरी व्यथा लाग्यो । छरछिमेकी र आफन्तले सुरक्षित सुत्केरी गराउन शुक्रवार ११ बजे लकान्द्र प्राथमिक स्वास्थ्य पु¥याए । दिउँसो ३ बजे स्वास्थ्यकर्मीको पार्वती शाहीले पहिलो सन्तान छोरी जन्माईन । सामान्य प्रसुती गराईएकी पार्वतीको ३ः२० बजे एक्कासी रगत बग्यो । अनेक प्रयास गर्दा पनि रगत रोकिएन । डाक्टर सहित दरबन्दीको स्वास्थ्यकेन्द्रमा उपकरण भए पनि चिकित्सक नहुँदा सुत्केरीलाई सुर्खेत प्रदेश अस्पतालमा रिफर गरियो ।

तर पिडित परिवारले सवारी साधन नपाउँदा सुत्केरी स्वास्थ्य केन्द्रको वेडमा मृत्यु सँग लडिरहेकी थिइन् । स्वास्थ्य केन्द्रमा एम्बुलेन्सको थियो । तर त्यो दुई बर्षदेखी विग्रिएर बसेको छ । बल्लतल्ल दुईघण्टाको टाढाबाट आफन्तले गाडी बोलाएर पार्वतीका आफन्तले ७ बजे सुत्केरीलाई पजेरो गाडीमा राखेर कर्णाली प्रदेशको राजधानी सुर्खेत लगे ।
प्रदेश अस्पताल नपु¥याउँदै अत्याधिक रक्तश्रावले गर्दा पार्वतीले मृत्युलाई जित्न सकिनन् । बिच बाटोमै उनले उपचारको बाटो स्वर्गबास रोजिन । १२ बजे प्रदेश अस्पतालले पार्वतीलाई मृत्यु भएको घोषणा ग¥यो । गाउँपालिकामा एउटा बोलेर जीप कार्यालयमा थियो । गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीलाई फोन गर्दा सुत्केरीलाई गाउँपालिका जीप भन्दा प्राईभेट जीप लिन भनेको मृतक जेठाजु टेकबहादुर शाहीले बताए । उनले भने,गाउँपालिका त्यही जीप पठाएको भए मेरो भाई बुहारीको मृत्यु हुदैन थियो ।
स्वास्थ्य व्यवस्थापन राम्रो नहुँदा यातायात नपाउँदा,समयमै उपचार नहुँदा मृत्यु भयो, । शव लिनेको लागि पनि गाउँपालिकालाई भन्यौं गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीले वास्ता गर्नुभएन । हामीले दोब्बर पैसातिर जीप लाशलाई स्वास्थ्य केन्द्र ठाटीकाँध पु¥यायौं । शव प्राथमिक स्वास्थ्य केन्द्रमा राखेर पिडित परिवारले ४ वटा माग राख्दै गाउँपालिका,वडाकार्यालयमा तालावन्दी गरे ।
पिडितको गुनासो सुन्नुपर्ने ठाउँमा गाउँपालिकाका अध्यक्ष लगाए जनप्रतिनिधीले गुमनाममा बसे, माग सुनुवाई गरेनन । जब पिडित पक्षले आन्दोलन गरे । गाउँपालिका अध्यक्ष धिरबहादुर शाही सुरक्षाकर्मी सहित कार्यकर्ता लिएर माग सम्बोधन गर्न स्वास्थ्यकेन्द्र पुगे । पिडित पक्षले अध्यक्ष शाही माथि जनताको कुरा नसुनेर भागेको आरोप लगाउँदै ढुंगामुढा गरे । सुरक्षाकर्मीले अध्यक्षलाई चोटपटक लाग्नबाट जोगाए ।
तर ठाटीकाँध गाउँपालिका अध्यक्ष धिरबहादुर शाही मृतकको लाश माथि राजनितिको संज्ञा दिन्छन । उनी भन्दछन् ,केही काँग्रेसका वदमास कार्याकर्ता म माथि जाई लागे । यो काम रोक्न सम्बन्धित पक्षलाई आग्रह गर्न पछि परेन ।
भिडियाे हेर्नुहाेस


