मिटरब्याजीहरुलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना

गज्जब नेपाल
२०८० बैशाख २३, शनिबार ०९:४६

सरकारले अनुचित कारोबार गर्ने (मिटरब्याजी) हरुलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेकाे छ ।

लेनदेन नभएको वा नगरेको रकम दिएको भनि लिखत तयार गर्ने, लेनदेन गरेको भन्दा बढी रकमको लिखत तयार गर्ने, लेनदेन भएकै बेला ब्याज रकम जोडेर लिखत तयार गर्ने, ब्याजलाई साँवामा जोडी नयाँ लिखत तयार गर्ने, ऋण लिएको भन्दा बढी ब्याज लिने, ऋणीले बुझाएको रकमको भरपाइ नराख्ने लगायतका कामलाई अनुचित लेनदेन (मिटरब्याजी) का रुपमा राजपत्रमा प्रकाशित अध्यादेशमा परिभाषित गरिएको छ ।

Next Post

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत फेरि लिनु पर्छ कि पर्दैन? यस्ताे छ संविधानविदकाे सुझाव

२०८० बैशाख २३, शनिबार ०९:४६
प्रतिनिधि सभामा २१ सांसद रहेको रास्वपाले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा फेरि विश्वासको मत लिनु पर्छ कि पर्दैन भनेर प्रश्न उब्जिएको छ। संवैधानिक कानुनका ज्ञाता भीमार्जुन आचार्य भने प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनु नपर्ने बताउँछन्। उनले पनि संविधानको धारा १०० को उपधारा २ नै देखाए। […]