३२ वर्षपछि अघि बढ्यो कर्णालीको ‘ड्रिम प्रोजेक्ट’

२०७७ श्रावण १८, आईतवार ०९:०६

सुर्खेत । ‘लो भोल्टेज’का कारण हैरानी खेप्दै आएका कर्णालीवासीका लागि खुशीको खबर । कोहलपुर-सुर्खेत १३२ केभीए प्रसारण लाइन बन्ने पक्का भएपछि कर्णालीका हिमाली तथा पहाडी जिल्लामा विद्युत् विस्तार गर्न बाटो खुलेको छ ।

कर्णालीवासीको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको यो आयोजना झण्डै ३२ वर्षपछि सुरु हुन लागेको हो । विसं २०४५ मा १३२ केभीए प्रसारण लाइन सुर्खेतसम्म ल्याउन योजना सुरु गरिएको थियो । त्यसयता पटक९पटकका राजनीतिक आन्दोलन, अस्थिर शासन प्रणाली तथा विकासप्रति नेतृत्वमा इच्छाशक्ति नहुँदा यो आयोजना अलपत्र परेको थियो ।

प्रसारण लाइन विस्तारका लागि निर्माण कम्पनी आरएस इन्फाप्रोजेक्ट प्राइभेट लिमिटेडसँग असार २२ गते सम्झौता भइसकेको छ । यसको शुरुआती लागत ७० करोड प्रस्ताव गरिएको छ । अब निर्माण कम्पनीले विद्युत् लाइन प्रसारणका लागि डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्टको खरिदलगायतका सम्पूर्ण काम दुई वर्षभित्र गरिसक्नुपर्नेछ ।

कोहलपुर सुर्खेत १३२ केभीए प्रसारण लाइन आयोजनाका प्रमुख रविकुमार चौधरीका अनुसार पहिलो चरणमा इकाउन्टिङ र लाइन विस्तार गर्ने क्षेत्रमा रहेका रुख कटानलगायतका काम हुने छन् ।

आयोजनालाई पूर्णता दिन पहल गरिरहनुभएका सुर्खेत-२ का प्रतिनिधिसभा सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले कर्णालीमा विद्युत् विस्तार गर्न सहज हुने बताए । ‘विद्युत् आपूर्तिमा समस्या थियो, जसले गर्दा सुर्खेतमा उद्योग स्थापनाको वातावरण बनेको थिएन,’ उनले भने, ‘यो आयोजना बन्नु कर्णालीवासीका लागि ठूलो खुशीको कुरा हो, वर्षौँदेखिको समस्या अब समाधानको बाटोमा गएको छ ।’ लाइन विस्तार नहुँदा ‘लो भोल्टेज’का कारण सुर्खेत, दैलेख, सल्यान, रुकुमपश्चिम, जाजरकोटका उपभोक्ताले हैरानी भोग्दै आएका थिए ।

आयोजनामा कोहलपुरदेखि सुर्खेतसम्म १४५ वटा पोल तथा २६ वटा एङ्गल टावरको प्रस्ताव गरिएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार आयोजना क्षेत्रको उचाइ १६० देखि एक हजार ११५ मिटरसम्म रहेको छ ।

प्रसारण लाइनमार्गमा बाँके राष्ट्रिय निकुञ्ज तथा यसको मध्यवर्ती क्षेत्र, बर्दिया राष्ट्रिय निकुञ्ज तथा यसको मध्यवर्ती क्षेत्र, विभिन्न सामुदायिक र सरकारी वन क्षेत्र पर्दछन् । सोअन्तर्गत प्रसारण लाइनको ७०.५४ प्रतिशत वन क्षेत्र, १६.१३ प्रतिशत खेतीयोग्य जमिन, २.२६ प्रतिशत बाँझो जमिन, तथा ११।०६ प्रतिशत अन्य भागले ओगटेको छ ।

Next Post

भारतमा २५ जना नेपालीको मृत्यु : एनआरएनए

२०७७ श्रावण १८, आईतवार ०९:०६
संबाददाता १८ साउन, नेपालगन्ज । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण यो साता विश्वभर थप २८ जना नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोरोना संक्रमणका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गएको  छ ।