क्रिस्टियानोद्दारा राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पूरा

गज्जब नेपाल
२०७७ भाद्र २४, बुधबार ०९:३४

२४ भाद्र, २०७७, काठ्माण्डौं,

पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पूरा गरेका छन् ।

नेसन्स लिग अन्तरगत गएराति भएको खेलमा स्विडेनबिरुद्ध दुई गोल गर्दै रोनाल्डोले एक सय गोलको कीर्तिमान पूरा गरेका हुन् । स्विडेनसँगको खेलमा पहिलो हाफमा फ्री किकमार्फत गोल गरेका रोनाल्डोले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेका थिए । हिजो गोल संख्या एक सय एक पुर्‍याएका रोनाल्डो राष्ट्रिय टिमबाट सय गोल पूरा गर्ने पहिलो युरोपेली फुटबलर बनेका छन् ।

राष्ट्रिय फुटबल टिमबाट इरानका अली डेईले मात्र रोनाल्डो भन्दा बढी एक सय नौ अन्तराष्ट्रिय गोल गरेका छन् । नेसन्स लिगका गएरातिका अन्य खेलमा बेल्जियमले आइसल्याण्डलाई ५–१ ले, फ्रान्सले क्रोयसियालाई ४–२ ले, अजरबैजानले साइप्रसलाई एक शून्यले र मोन्टेनेर्गोले लक्जेम्वर्गलाई एक शून्यले हराएका छन् ।

डेनमार्क र इंग्ल्याण्डले भने गोलरहित बराबरी खेलेका छन् ।

Next Post

निषेधाज्ञा फेरी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे सुझाव

२०७७ भाद्र २४, बुधबार ०९:३४
२४ भदौ, काठमाडौं । काठ्माडाैं उपत्यकामा तीन सातादेखि जारी निषेधाज्ञा फेरी एक साता लम्ब्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  सुझाव दिएकाे छ ।मन्त्रालयले आज राति १२ बजेदेखि सकिने भनिएकाे निषेधाज्ञा एक साता नलम्ब्याए महामारी नियन्त्रण गर्न असहज हुने बताएकाे छ । मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले कोरोना संक्रमण दर नघटेको भन्दै […]

याे पनि पढ्नुहाेस्