‘कमेडी च्याम्पियनकाे फाइनलमा भरतमणी, विक्की र सन्तोष, ग्राण्ड फिनाले असाेज २ गते हुने

गज्जब नेपाल
२०७८ भाद्र १७, बिहीबार १९:१२

चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ मा भरतमणी पौडेल, विक्की अग्रवाल र सन्तोष थापा फाइनलमा पुगेका छन् । दर्शकको भोटबाट विक्की र सन्तोष अगाडि बढेका हुन । अन्तिम ४ मा परेका हिक्मत महराले भने फाइनलमा स्थान बनाउन सकेनन् । यो शोका निर्देशक विशाल भण्डारीले हिक्मत बाहिरिएको पुष्टि गरेका छन्।

 

भरतमणी पौडेलले भने निर्णायकहरुको छनोटका आधारमा फाइनलमा स्थान बनाइसकेका थिए । यो रियालिटी शोको फाइनल असोज २ गते हुने निर्देशक विशाल भण्डारीले जानकारी दिए ।

Next Post

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमद्वारा पार्टी परित्याग

२०७८ भाद्र १७, बिहीबार १९:१२
१८ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र उनका स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका हुन् । ५ पुस २०७७ मा संसद विघटनसँगै साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई खेमामा विभाजित हुँदा गौतमले एकता अभियान चलाएका […]