संविधान दिवसबारे जसपा नेपालमा अन्योल

गज्जब नेपाल
२०७७ आश्विन २, शुक्रबार १५:४८

काठमाडौँ । असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ । सरकारले संविधान दिवस मनाउनका लागि आवश्यक तयारी गरिसकेको छ । तर प्रदेश २ सरकारको नेतृत्व गर्दै आएको जसपा नेपालमा भने असोज ३ गतेलाई कसरी मनाउने हो भन्नेमा अन्योलता देखिएको छ ।

नेपालको संविधान २०७२ प्रति असन्तुष्टि जनाउँदै आएका तत्कालीन मधेसवादी दलहरुसहित विभिन्न राजनीतिक शक्ति मिलेर अहिले जसपा नेपाल नामक राजनीतिक दल बनेको छ । विभिन्न राजनीतिक शक्तिबीच एकीकरण भएर बनेको सो पार्टीका केही राजनीतिक हाँगाले विगतमा असोज ३ लाई कालो दिवसका रुपमा मनाउने गरेका थिए । केहीले तटस्थ रहने र केहीले संविधान अपुरो रहेको बताए पनि त्यसको स्वामित्व लिँदै आएका थिए । त्यसैले पनि यसपटक जसपा नेपालले संविधान दिवसलाई कसरी मनाउने हो भन्नेबारे चासो बढेको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कालो दिवस मनाउने कि खुशियाली मनाउने भन्ने बारेमा पार्टीमा कुनै निर्णय नभएको बताए । उनले भने, ‘पार्टीको बैठक बसेर त्यसको बारेमा निर्णय लिनेछ, त्यसपछि मात्र केही भन्न मिल्छ ।’

नयाँ संविधानको विरोधमा आफूहरुले कहिल्यै पनि कालो दिवस नमनाएको दावी गर्दै उनले भने, ‘यसपाली पनि न कालो दिवस मनाउँछौँ, न त दीपावली नै गर्छौँ ।’ यद्यपि यस विषयमा पार्टीले निर्णय गर्न बाँकी रहेको उनले बताए ।

संविधान संशोधनका लागि आफूहरुले सरकारलाई दवाव दिइरहेको र आफ्ना माग पनि यथावत रहेको उनले प्रष्ट पारे । संविधान जारी भएपछि मधेस आन्दोलनमा होमिएका राजनीतिक शक्तिमात्र नभइ संविधान निर्माणमा सहभागी डा।बाबुराम भट्टराई लगायतको राजनीतिक समूह पनि जसपा नेपालमै रहेका कारण यसपाली संविधान दिवसका दिन दीपावली गर्ने या कालो दिनका रुपमा मनाउने भन्नेबारे जसपा नेपालमा अन्योल देखिएको हो ।

Next Post

एकैदिन २ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण थप सात को मृत्यु

२०७७ आश्विन २, शुक्रबार १५:४८
२०७७ असोज २ काठमाण्डौ, गएको २४ घण्टामा दुई हजार २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६१ हजार पाँच सय ९३ पुगेको छ । गएको २४ घण्टामा ११ हजार चार सय ५८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार […]

याे पनि पढ्नुहाेस्