दैलेखमा बृहत खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । वसन्त ऋतुको आगमनसंगै आयाेजना गरिएकाे वृहत खेलकुद प्रतियाेगिता शुक्रबार उद्घाटन हुँदैछ । ‘खेल खेलाडीका लागि खेलाडी राष्ट्रका लागि’ भन्ने मुल नारा सहित कौशल मल्टिपल एकेडेकीको आयोजनामा चैत ६ देखि ९ गतेसम्म प्रतियाेगिता सञ्चालन हुने छ ।

फुटसल खेल नारायण क्याम्पसको मैदानमा हुनेछ भने भलिबल स्थानिय टुडिखेलमा हुने आयाेजकले बताएकाे छ । यस्तै ब्याटमिन्टन खेलको लागि पुरानो बजार स्थित मध्यपहाडी राजमार्ग आयोजना कार्यालयकाे परिसरमा रहेको खेल प्रतियाेगिताका संयोजक गब्बर थापाले जानकारी दिए ।
पुरस्कार राशी कती?
भलिबल खेलमा प्रथम हुनेले ५० हजार नगद पुरस्कार हात पार्ने छन् भने दोस्रो हुनेले ३० हजार पाउने छन् । उत्कृष्ठ खेलाडीलाई नगद ५ हजार रुपैया पुरस्कार प्रदान गरिने छ ।
त्यस्तै फुटसल तर्फ प्रथम हुनेले नगद रू ३० हजार र दोस्रो हुनेले नगद रू. १५ हजार पुरस्कार पाउने छन् । उत्कृष्ठ फुटसल खेलाडीले ५ हजार नगद प्राप्त गर्नेछन् ।
ब्याटमिन्टन प्रतियाेगितामा प्रथम हुने खेलाडीले नगद रू. १५ हजार पुरस्कार पाउने छन । दोस्रो हुनेले ८ हजार र उत्कृष्ठ खेलाडीले एक हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन ।
प्रतियाेगितामा प्रथम द्धितीय र उत्कृष्ठ खेलाडीहरुलाई कप, मेडल र प्रशंसापत्र समेत प्रदान गरिने आयोजकले जनाएको छ । कोभिड–१९ को महामारीले सिथिल बनेको अर्थतन्त्रलाई चलाएमान बनाउन प्रतियाेगिताले महत्वपूर्ण भुमिका खेल्ने अनुमान आयोजकले गरेकाे छ ।