दैलेखमा एकैदिन ४३ सवारीसाधन कारवाहीमा

गज्जब नेपाल
२०७९ आश्विन १२, बुधबार २२:२७

दैलेखमा ट्राफिक नियमको उलङ्घन हुन नदिन प्रहरीले सक्रियता बढाएको छ । आज एकै दिन ११० सवारी साधन जाँच गर्दा ४३ ओटा कारबाहीमा परेका छन् ।

कर्णाली राजमार्ग र दैलेख-सुर्खेत सडक खण्डको विभिन्न स्थानमा सवारी जाँच गर्दा करिब आधाजसो सवारी साधन नियम विपरीत भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख (डिएसपी) भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।

चाडबाडको समयमा हुन सक्ने सम्भावित सवारी दुर्घटना न्यूनिकरण गर्न तथा व्यवस्थित यातायात संचालन गर्ने उदेश्यले चेकजाँचलाई कडाई गरिएको शाहले बताए ।

आजै मात्र ट्राफिक नियमको उलङ्घन गर्ने ४३ सवारी साधनलाई कारवाही गरी रु ३३ हजार राजस्व संकलन गरिएको पनि उनले जानकारी दिए ।

साथै उनले सवारी चालकहरुलाई ओभरलोड नगर्न, यात्रुहरुलाई अनावश्यक हैरानी नदिन, तोकिएको भाडादर भन्दा वढी भाडा नलिन निर्देशन दिएको जानकारी दिए ।

पछिल्लो समय जिल्लामा सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राखेर सञ्चालन हुने गरेको पाइएको छ।

Next Post

आज विश्व मुटु दिवस, विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै

२०७९ आश्विन १२, बुधबार २२:२७
काठमाण्डौ – आज विश्व मुटु दिवस, विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ । नेपाल लगाएत अन्य देशमा पनी पछिल्लो समय मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै […]