अमेरिकी राष्ट्रपति ट्रम्प दम्पतिलाइ काेराेना संक्रमण पुष्टि

उनी मास्क नलगाउने र व्यक्तिगत दूरी पनि कायम नगर्ने गर्दथे

गज्जब नेपाल
२०७७ आश्विन १६, शुक्रबार १३:५५

काठमाण्डौ
कोरोनालाइ हल्का रुपमा लिंदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमतीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आफ्नी ३१ वर्षीया सल्लाहकार होप हिक्सलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गरिएको परीक्षणमा ट्रम्प दम्पतीकै रिपोर्ट पोजेटिभ आएको बीबीसीले जनाएको छ ।

कोरोना रिपोर्ट पोजेटिभ आएकाले ट्रम्प दम्पती आइसोलेशनमा जाने तयारी छ । ट्रम्पले सामान्यतया मास्क नलगाउने र व्यक्तिगत दूरी पनि कायम गरेको पाइँदैन । उहाँले कोरोनालाई हल्का रुपमा लिएको भन्दै आलोचना हुँदै आएको छ । पछिल्लो समय सल्लाहकार हिक्स राष्ट्रपति ट्रम्पसँग थुप्रै ठाउँमा राष्ट्रपतिय चुनावी बहसका कार्यक्रममा जानुभएको थियो ।

यसअघि हिक्सको कोरोना रिपोर्ट पोजेटिभ आएकाले आफू र श्रीमती मेलानियाको पनि कोरोना परीक्षणको लागि स्वाब दिइएको थियो । हिक्सले प्राय सधैं मास्क लगाउने गरेपनि कोरोना रिपोर्ट पोजेटिभ आएको उहाँले बताउनुभएको थियो ।

अमेरिकामा अहिलेसम्म विश्वकै सबैभन्दा धेरै ७४ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये १ लाख १२ हजारको ज्यान गएको छ भने ४७ लाख ३६ हजार उपचारपछि निको भएका वल्ड्रोमिटरले जनाएको छ ।

Next Post

प्रदेश नं. ५ को राजधानी दाङ बनाउने मन्त्री परिषदकाे निर्णय

२०७७ आश्विन १६, शुक्रबार १३:५५
काठमाडौं, १६ असोज । विवादित बनेको प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङमा हुने सहमति जुटेको छ । प्रदेश नं. ५ सरकारको आज बसेको मन्त्रीपरिषद् बैठकले दाङ जिल्लाको भालुवाङलाइ स्थायी राजधानी बनाउने निर्णय गरेको हो । यसअघि नै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका शिर्ष नेताहरुले प्रदेश ५ को स्थायी […]