दैलेखमा फेरी कडाइ, आवागमन पूर्ण रुपमा निषेध, व्यवसाय खाेल्न नपाइने

गज्जब नेपाल
२०७७ कार्तिक ३, सोमबार १९:४३

३, कात्तिक २०७७, दैलेख

जिल्लामा प्रतिदिन काेराेनाकाे प्रभाव बढ्दै गइरहेको भन्दै दैलेख सदरमुकाम स्थित सरस्वती मा.वि., तर्ताङ्ग देखी कलेलचोक, भैसेखोर सम्मकाे बजारक्षेत्र बन्द गर्न जिल्ला प्रशासन कार्यालय दैलेखले निर्देशन दिएकाे छ । बजार क्षेत्रभित्रका दैनिक उपभाेग्य खाद्यान्न, तरकारी, फलफूल, इन्धन, दुध डेरी, औषधी पसल, एग्रोभेट बाहेकका सम्पूर्ण सेवा, पेशा तथा व्यवसायहरु तत्कालका लागि बन्द गर्न प्रशासनले निर्देशन दिएकाे हाे ।

प्रशासनले इन्धन, औषधी पसल र एग्रोभेट बाहेक अन्य अत्यावश्यक वस्तु तथा सेवा प्रत्येक दिन विहान ७:०० बजे देखी ११:०० सम्मको समयावधिमा मात्र खुल्नेगरी सञ्चालन गर्ने सुचना जारी गरेकाे छ ।

जिल्लास्थित सरकारी कार्यालयहरू, संस्थान, संघसंस्था र बैक तथा वित्तिय संस्थाहरू पनि मिति २०७७/७/४ देखी २०७७/७/१५ (कोजाग्रत पूर्णिमा) सम्म अत्यावश्यक कार्य बाहेकका सम्पूर्ण सार्वजनिक सेवा प्रवाह पूर्ण रुपमा बन्द गरिने भएकाे छ ।

सञ्चालनमा रहने अत्यावश्यक सेवा, निजी, सरकारी र सार्वजनिक यातायातले विश्व स्वास्थ्य संगठन र नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका मापदण्डहरु कडाईका साथ पालना गर्नुपर्ने छ ।

दैलेख सदरमुकामको बजार क्षेत्रबाट जिल्लाका अन्य स्थानीय तह र अन्यत्र स्थानीय तहबाट दैलेख बजारमा अत्यावश्यक काम बाहेक आवागमन पूर्ण रुपमा निषेध गरिएकाे छ।

कोरोना भाइरस संक्रमणका कारण हालसम्म दैलेख जिल्लामा जम्मा संक्रमितहरुको संख्या १२५३ पुगिसकेको र १२९ जना सक्रिय संक्रमितहरुको जिल्लाका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा राखी उपचार भइरहेको तथा हाल नारायण नगरपालिका मात्र सक्रिय संक्रमितहरुको संख्या ९९ पुगीसकेको अवस्थालाई मध्यनजर गर्दै COVID-19 संकट व्यवस्थापन संचालन केन्द्र, जिल्लागत संरचना (DCCMC) र  सर्वदलीय/सर्वपक्षीय बैठकबाट साे निर्णय गरिएकाे हाे ।

सूचनाकाे पूर्ण विवरणः

Next Post

दैलेख बजार बन्द कि खुला? कहाँ चुक्याे प्रशासन ? यस्ताे छ वास्तविकता

२०७७ कार्तिक ३, सोमबार १९:४३
४ कात्तिक २०७७, दैलेख साेमबार जिल्ला प्रशासन कार्यालय दैलेखले मंगलबारदेखि लागु हुनेगरि व्यापार व्यवसाय, सरकारी तथा गैरसरकारी संघसंस्था, बैंक तथा वित्तीय संस्थाहरू बन्द गर्न निर्देशन जारी गर्याे । तर मंगलबार त्याे निर्देशन लागु भएन । विहानैदेखि पसल व्यवसाय खुल्न थाले । कतिपयलाइ अन्याैल सिर्जना भयाे । विहानै डिउटीमा खटिएका प्रहरीले […]