दैलेखमा फेरी कडाइ, आवागमन पूर्ण रुपमा निषेध, व्यवसाय खाेल्न नपाइने

गज्जब नेपाल
२०७७ कार्तिक ३, सोमबार

३, कात्तिक २०७७, दैलेख

जिल्लामा प्रतिदिन काेराेनाकाे प्रभाव बढ्दै गइरहेको भन्दै दैलेख सदरमुकाम स्थित सरस्वती मा.वि., तर्ताङ्ग देखी कलेलचोक, भैसेखोर सम्मकाे बजारक्षेत्र बन्द गर्न जिल्ला प्रशासन कार्यालय दैलेखले निर्देशन दिएकाे छ । बजार क्षेत्रभित्रका दैनिक उपभाेग्य खाद्यान्न, तरकारी, फलफूल, इन्धन, दुध डेरी, औषधी पसल, एग्रोभेट बाहेकका सम्पूर्ण सेवा, पेशा तथा व्यवसायहरु तत्कालका लागि बन्द गर्न प्रशासनले निर्देशन दिएकाे हाे ।

प्रशासनले इन्धन, औषधी पसल र एग्रोभेट बाहेक अन्य अत्यावश्यक वस्तु तथा सेवा प्रत्येक दिन विहान ७:०० बजे देखी ११:०० सम्मको समयावधिमा मात्र खुल्नेगरी सञ्चालन गर्ने सुचना जारी गरेकाे छ ।

जिल्लास्थित सरकारी कार्यालयहरू, संस्थान, संघसंस्था र बैक तथा वित्तिय संस्थाहरू पनि मिति २०७७/७/४ देखी २०७७/७/१५ (कोजाग्रत पूर्णिमा) सम्म अत्यावश्यक कार्य बाहेकका सम्पूर्ण सार्वजनिक सेवा प्रवाह पूर्ण रुपमा बन्द गरिने भएकाे छ ।

सञ्चालनमा रहने अत्यावश्यक सेवा, निजी, सरकारी र सार्वजनिक यातायातले विश्व स्वास्थ्य संगठन र नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका मापदण्डहरु कडाईका साथ पालना गर्नुपर्ने छ ।

दैलेख सदरमुकामको बजार क्षेत्रबाट जिल्लाका अन्य स्थानीय तह र अन्यत्र स्थानीय तहबाट दैलेख बजारमा अत्यावश्यक काम बाहेक आवागमन पूर्ण रुपमा निषेध गरिएकाे छ।

कोरोना भाइरस संक्रमणका कारण हालसम्म दैलेख जिल्लामा जम्मा संक्रमितहरुको संख्या १२५३ पुगिसकेको र १२९ जना सक्रिय संक्रमितहरुको जिल्लाका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा राखी उपचार भइरहेको तथा हाल नारायण नगरपालिका मात्र सक्रिय संक्रमितहरुको संख्या ९९ पुगीसकेको अवस्थालाई मध्यनजर गर्दै COVID-19 संकट व्यवस्थापन संचालन केन्द्र, जिल्लागत संरचना (DCCMC) र  सर्वदलीय/सर्वपक्षीय बैठकबाट साे निर्णय गरिएकाे हाे ।

सूचनाकाे पूर्ण विवरणः

Next Post

दैलेख बजार बन्द कि खुला? कहाँ चुक्याे प्रशासन ? यस्ताे छ वास्तविकता

२०७७ कार्तिक ३, सोमबार
४ कात्तिक २०७७, दैलेख साेमबार जिल्ला प्रशासन कार्यालय दैलेखले मंगलबारदेखि लागु हुनेगरि व्यापार व्यवसाय, सरकारी तथा गैरसरकारी संघसंस्था, बैंक तथा वित्तीय संस्थाहरू बन्द गर्न निर्देशन जारी गर्याे । तर मंगलबार त्याे निर्देशन लागु भएन । विहानैदेखि पसल व्यवसाय खुल्न थाले । कतिपयलाइ अन्याैल सिर्जना भयाे । विहानै डिउटीमा खटिएका प्रहरीले […]