दैलेखमा २ वटा सवारी दुर्घटनाः ३ जनाको ज्यान गयो ३ जना गम्भिर घाइते

गज्जब नेपाल
२०७७ कार्तिक ४, मंगलवार १६:३४

४ कात्तिक २०७७, दैलेख
दैलेखमा एकैदिन २ वटा सवारी दुर्घटनामा परेका छन । दैलेखको गुराँस गाउँपालिकाको जिरो पोइन्ट नजिक बान्द्रे भन्ने ठाउँमा बा ४ ख ६७७१ नम्बरको टिप्पर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ भने १ जना गम्भिर घाइते भएका छन ।

फोटोः नेपालीरैवार

घाइतेलाई उपचारको लागि सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरिक्षक अनुपम श्रेष्ठले गज्जब नेपाललाई जानकारी दिएका छन् । टिप्पर सडकबाट करीब ३०० मिटर तल खसेको र थप विवरण आउन बाँकी रहेको छ ।

यस्तै सुर्खेतबाट जम्बुकाँध जाँदै गरेको ना ३ ख ५५१९ नम्बरको यात्रुबाहक बस सोही गाउँपालिकाको तल्लो डुङ्गेश्वरमा दुर्घटना हुँदा चालकको मृत्यू भएको छ । मृतक वीरेन्द्रनगर नगरपालिकाका निबासी ललित नेपाली रहेको खुलेको छ ।

बसमा सवार २ जना यात्रु गम्भिर घाईते भएका छन भने १२ जना घाइते भएका छन् । गम्भिर घाइते भएका २ जनालाइ उपचारको लागि सुर्खेत लगिएको डि एस पि श्रेष्ठले जानकारी दिएका छन ।

Next Post

बेसाहारा हस्तनाकाे पिडादायी जीवन, गास न बासः भाेकै कतिदिन सुत्ने ? (भिडियाे)

२०७७ कार्तिक ४, मंगलवार १६:३४
८ कात्तिक २०७७, दैलेख जिल्लाकाे अाठबिस नगरपालिका ५ पिपलकाेटकी २८ वर्षिय हस्तना वि.क. चार छोरी र दुई छोरा सहित ६ सन्तानकी अामा हुन । २ वर्ष अघि श्रीमान गुमाइसकेकी हस्तनाकाे बिहान बेलुकाका छाक टार्ने समेत उपाय छैन । चावपर्वमा पनि भोकभोकै बस्नुपर्ने चिन्ताले उनलाइ पिराेली रहेकाे थियाे । यस्तैमा उनलाइ […]