चीनमा चालकविहिन ट्याक्सी सञ्चालनको अनुमति

गज्जब नेपाल
२०७८ पुष ४, आईतवार १८:३४

पुस ४, २०७८ आइतबार

काठमाण्डाै

चीनको बेइजिङमा स्वचालित ट्याक्सी चलाउन अनुमति दिइएको छ । बेइजिङको दक्षिणपूर्वी भेग यीझुआङको ६० वर्ग किलोमिटर क्षेत्रमा रोबोट्याक्सी भनिने चालकविहीन कार चलाउन सरकारी अनुमति प्राप्त भएको बीबीसीले जनाएको छ ।

अहिलेलाई परीक्षणका रूपमा अनुमति दिइएको र सफल भएमा यस्ता ट्याक्सीको सङ्ख्या बढाउने बेइजिङका सरकारी अधिकारीहरूले बताएका छन् । एक सय वटा कार सडकमा गुड्न थालेका र अहिले सात सयभन्दा बढी ठाउँबाट यात्रुले सेवा पाउने बीबीसीले जनाएको छ । एउटा कारले एक पटकमा दुई जनासम्म यात्रु बोक्न सक्छ ।

कारको मनिटरमा जडान गरिएका विशेष उपकरण र सेन्सरहरूले वरिपरिकाे वातारण, अरू सवारीसाधन र पैदलयात्रु बारेमा थाहा पाउनेछन् । परीक्षणकाल भरका लागि ट्याक्सी अनुगमनका लागि एक जना सुपरभाइजर राख्ने र पछि पूर्णरूपमा चालकविहीन हुने बीबीसीले जनाएको छ । कतिपयले सडकको जटिल अवस्थाका कारण सुरक्षा चुनौती हुने बताएका छन् ।

Next Post

संसदबाट एमसीसी पास गर्नेगरि प्रधानमन्त्री देउवा अगाडी बढे, ओलीसँग निर्णायक वार्ता गर्दै

२०७८ पुष ४, आईतवार १८:३४
काठमाडौं, १७ पुष २०७८ । अमेरिकी सहयोग सम्झौता (एमसीसी) पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवा अघि बढेका छन् । स्रोतकाअनुसार उनले सत्ता गठबन्धनबाट एमसीसीको विषयमा सकारात्मक प्रतिक्रिया नआएको र सहयोग नहुने देखेपछि अब प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को साथ लिनेगरि तयारी थालेका छन् । उनले आफूनिकट नेताहरुसँग संसदबाट पास गर्नेगरि […]