नौमुलेकाे अध्यक्षमा माओवादीका सुवेदी भारी मतले विजयी

गज्जब नेपाल
२०७९ जेष्ठ १, आईतवार ०७:१०

जेष्ठ १, २०७९ दैलेख

दैलेखको नौमुले गाउँपालिकाकाे अध्यक्षमा नेकपा माओवादी केन्द्रका छविराम सुवेदी विजयी भएका छन् । उनी ३ हजार २ सय मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । २०७४ सालको निर्वाचनमा दैलेखमा कमजाेर देखिएकाे माओवादी केन्द्रले यस पटक धेरै ठाउँमा जित हात पारेकाे छ ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढा मगरले २५ सय ४४ मत प्राप्त गरे । एमालेका शशिराम विश्वकर्माले १९ सय २० मत ल्याए । उपप्रमुखमा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन् । उनले २८ सय ३४ मत प्राप्त गरे । नेपाली कांग्रेसकी अमृता सिंहले २४ सय ५ र एमालेकी गीता चन्दले १९ सय १८ मत प्राप्त गरिन् ।

Next Post

राेल्पाः कांग्रेस-एमाले-विप्लव गठबन्धनलाई हराउँदै माओवादीले जित्यो अध्यक्ष

२०७९ जेष्ठ १, आईतवार ०७:१०
राेल्पा, जेठ १ रोल्पाको थवाङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर निर्वाचित भएका छन्। उनी कांग्रेस-एमाले-विप्लब गठबन्धनका उम्मेदवार दलजित रोकालाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्ष बुढामगरले २ हजार १ सय २२ मत पाउँदा रोकाले जम्मा एक हजार ५ सय ५ मत पाए। रोकाले नेकपा विप्लव समूह, कांग्रेस र […]