मन्त्री दीर्घ सोडारीकी पत्नी गीताविरुद्ध भ्रष्टाचार मुद्दा दायर

केशबराज पाैडेल
२०७९ आश्विन ७, शुक्रबार १८:०४

धनगढी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारीकी पत्नीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मन्त्री सोडारीकी पत्नी गीता सोडारीविरुद्ध अख्तियार आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले आज जानकारी दिएका छन ।
उनका अनुसार नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको जागिर खाएको अभियोगमा आयोगले शुक्रबार गीताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।  उनले सरकारलाई नोक्सानी पुर्‍याउने बदनियत राखेर भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएपछि गीता सोडारीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

Next Post

गालीगलौजमा उत्रिए डिआईजी खत्री

२०७९ आश्विन ७, शुक्रबार १८:०४
सशस्त्र प्रहरीका डिआईजी अवि खत्री गालीगलौजमा उत्रिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले आफ्नो पदिय मर्यादाको समेत ख्याल नगरी तल्लो स्तरको कमेन्ट गरेका छ्न । फोटो पत्रकार महासङ कर्णाली प्रदेश कमिटिका अध्यक्ष समेत रहेका पत्रकार गोबिन्द केसिले आफ्नो फेसबुक वालमा “दैलेख जिल्ला प्रतिको माया र सम्मान नगर्ने ब्यक्ती कसरी जिल्ला […]