बैशाख ४, दैलेख ।
जिल्लाको नारायण नगरपालिका वडा नं. ९ चुप्रा लाखेतडाकाे एक पाेल्ट्रि फर्ममा आगलागी भएकाे छ । पञ्चकोशी पोल्ट्री फार्ममा बिहीवार राती आगलागि हुदाँ करिब ११ लाख बराबरको क्षती पुगेकाे छ ।
आगलागि हुदाँ दुल्लु नगरपालिका–११ कालभैरका चित्रबहादुर भण्डारीको फार्ममा रहेका करिब १ हजार ५ सय कुखुराका चल्ला जलेको भण्डारीले बताए ।
५ लाख खर्च गरेर निर्माण गरिएको फार्मका ३ वटै कोठाहरु पुर्ण रुपले जलेकाे उनले बताए । राति दश बजेतिर फार्मबाहिर गान्नगुन्न आवाज निस्कीएको र आफु बाहिर आउँदा आगो लागेको देख्ना साथ नियन्त्रणको प्रयास गरे पनि खरले छाएको हुँदा आगो नियन्त्रण गर्न नसकिएको भण्डारीले बताए ।
‘हामिले आगो सम्बन्धी कुनै काम गरेका थिएनाैं, आगो ब्यक्तिगत रिसिविका कारण कसैले लगाएको शंका लागेकाे छ’ उनले भने । यदि कसैले नलगाएको भए कसरी आगो लाग्छ ? उनले भने । आगो लागेको थाहा पाए लगतै गएको प्रहरी टोलिले आगो निभाउने प्रयास गरेपनि प्रयास सफल हुन नसकेको प्रहरी चौकी चुप्राका इन्चार्ज जगदिस केसीले बताए । उनले घटनाको प्रकुति र क्षतिको विवरण सम्बन्धमा थप अनुसन्धान भईरहेको जानकारी दिएका छन् ।