नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि

तीर्थ भण्डारी
२०८१ जेष्ठ ११, शुक्रबार १४:५५

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण देखिने क्रम अझै जारी छ । काठ्माडाैंमा काेराेनाकाे नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ । काठमाडौंकै केही संक्रमितको नमूना परीक्षणको क्रममा यो भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार ‘केपी.१’ र ‘केपी.२’ सब भेरियन्ट हो । यो नसर्ने र घातक नभएको उनले बताए । बुढाथोकीले नेपाल प्रेससँग भने, ‘तीन-तीन महिनामा कोरोनाको परीक्षण भइरहेको छ । त्यसै क्रममा बिहीबारको रिपोर्टले केपी १ र केपी २ देखाएको हो । तर, यो सामान्य र नफैलिने खालको हो ।’

Next Post

नेपाल बुद्धिजीबि संगठनकाे कर्णाली प्रदेश अध्यक्षमा शाही

२०८१ जेष्ठ ११, शुक्रबार १४:५५
सुर्खेत – नेपाल बुद्धिजीबि संगठन कर्णाली प्रदेशकाे प्रथम सम्मेलनबाट अध्यक्षमा दैलेखका बीरबहादुर शाही सर्वसम्मत चयन भएका छन् । ४५ सदस्यीय समितिमा तीन जना उपाध्यक्षहरु कमलकुमार सिंह (कालिकोट), बालाराम नेपाली (जुम्ला), टेकबहादुर खड्का (रुकुमपश्चिम) चयन भएका छन् । संगठनको कर्णाली प्रदेश सचिव गंगाप्रसाद चौलागाईं (सुर्खेत), सहसचिव तीन जना धनबहादुर नेपाली (जाजरकोट), […]