सल्यानमा अरिंगालले चिलेर आमाछोरीको मृत्यु

केशबराज पाैडेल
२०७९ कार्तिक १, मंगलवार

सल्यान – सल्यानमा अरिंगालले चिलेर आमाछोरीको ज्यान गएको छ । सल्यानकै अर्का एक जना बिरामी भएका छन् ।

सल्यानको सिद्ध कुमाख – १ हमपालकी २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र उहाँकी चार वर्षीया छोरी प्राप्ति बुढाथोकीको अरिङगालले चिलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अरिंगालले चिलेर बिरामी परेका नवीन बस्नेतको श्रीनगरमा रहेको परोपकार अस्पतालमा उपचार भइरहेको छ ।

हिजो बेलुका खेतमा धान काटेर घर फर्किने क्रममा बाटोमा तीन जनालाई अरिंगालले चिलेको थियो । श्रीनगरमा रहेको परोपकार अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि बाँकेको कोहलपुर लैजाँदै गर्दा प्राप्तिको बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

Next Post

आगामी मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै

२०७९ कार्तिक १, मंगलवार
काठमाडौं – कार्तिक कृष्ण औँसी अर्थात् आगामी मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ। मंगलबार अपराह्न ४ बजेर ५२ मिनेटमा ग्रहण सुरु (स्पर्श गर्ने) हुने नेपाल पञ्चांग निर्णायक विकास समितिबाट अनुमति पाई प्रकाशित पात्रोमा उल्लेख छ। साँझ ५ बजेर २४ मिनेटमा सकिने (मोक्ष हुने) छ। पञ्चांगका अनुसार यो ग्रहण वृष, सिंह, धनु […]