बालविवाह विषयक दुल्लूमा अन्तरक्रिया

केशबराज पाैडेल
२०८० जेष्ठ २३, मंगलवार १२:०१

केशवराज पाैडेल । २२ जेठ , २०८० दैलेख ।

बाल विवाह र सामाजिक हिंसाका बारेमा आवाज उठाउदै आएकाे आवाज संस्थाकाे आयाेजनामा समिक्षा तथा अन्तरक्रिया कार्यक्रम भएकाे छ ।

 

दुल्लु नगरपालिका सातमा रहि विगत ५ बर्ष देखी सामाजिक रुपान्तरणका लागि काम गर्दै आएकाे एक संस्था आवाज ले वालविवाह अन्त्यका लागि संचालित संकल्प परियाेजनाकाे समिक्षा तथा आगामि कार्यदिशाकाे लागि पालिका स्तरिय अन्तरक्रिया अन्तर्गत आज दुल्लु नगरपालिकाकाे हलमा कार्यक्रम भएकाे हाे ।

कार्यक्रममा पालिका भित्र रहेर बिभिन्न बाल कल्व ,युवा क्लव,बुहारी समुह तथा विभिन्न संस्थामा कार्यरत पदाधिकारी , जनप्रतिनिधि , पत्रकार लगाएत पालिकाका बिभिन्न शाखामा कार्यरत कर्मचारिहरुकाे पनि उपस्थिति रहेकाे थियोे ।करिब तिस जनाको उपस्थितिमा आवाजले गरेका काम र प्रयासका विषयमा अन्तरक्रिया भएकाे हाे ।अन्तरक्रियामा सस्थाकाे परियोजनाकाे प्रगति तथा उपलब्धिकाे समिक्षा र विश्लेषण गरिएकाे थियाे भने स्राेत तथा साधनको उपयाेगिताकाे अवस्था साथै आवश्यक निति तथा नियम निर्माण गरि परियाेजनालाई उपलब्ध गराउने,आगामि कार्यक्रम तथा परियाेजनाकाे उपलब्धि प्राप्त गर्नका लागि पृष्ठपाेषण प्रदान गर्ने उदेश्य रहेकाे जनाइएको छ। उक्त संस्थाले वडा स्तरमा पनि यस्ता अन्तरक्रियात्मक कार्यक्रमकाे आयाेजना गर्ने र दुल्लु नगरपालिकाका विभिन्न वडामा काम गरिरहेकाे संकल्प परियाेजनाकाे दैलेख जिल्ला संयाेजक प्रदिप थापाले बताउनु भएको छ ।

एक्पातलगजम्बर्गकाे सहयोगमा , दुल्लू नगरपालिकाकाे समन्वय र आवाजकाे आयाेजनामा अन्तरक्रिया भएकाे हाे।
आगामि दिनमा पालिका सँग सहकार्य र समन्वय गर्दै सेवा क्षेत्र विस्तार गर्नेसंकल्प परियाेजनाकाे संयाेजक चक्र राज गिरी (चेतन ) ले बताउनु भएको छ ।

समाज र समुदायमा काम गरिरहदा सबैभन्दा धेरै बालविवाह दलित समुदायमा भएकाे पाइएको र धेरै ठाउँमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरि बालविवाह अन्त्यका लागि महत्त्वपूर्ण भुमिका खेलिरहेको आयाेजक सस्थाकाे दावि रहेको छ ।अन्तरक्रिया बुधबार भएकाे थियाे ।

Next Post

करेन्ट लागेर घाइते भएका परिवारलाई युवा क्लब द्वारा दश हजार सहयोग

२०८० जेष्ठ २३, मंगलवार १२:०१
केशवराज पौडेल । २६ ,जेठ २०८० दैलेख दैलेखको ठाटिकाध गाउँपालिकाका विधुतकाे करेन्ट लागि घाइते भएका डम्मर नेपालि लाई सृजनसिल युवा क्लबले नगद सहयोग गरेको छ । ठाँटिकाध गाउँपालिका वडा नम्बर ५निवासी नेउले दमाई काे माईलाे छाेरा डम्बर नेपाली २०७९ मंसिर ११गते ठाटिकाध गा.पा र आठविस न पा काे सिमाना सेउलेकाध […]

याे पनि पढ्नुहाेस्