वाँहाकोट,(दैलेख) । ठाटीकाँध गाउँपालिका–३ मा रहेको मदानताल केही महिना यतादेखी आन्तरिक पर्यटकका लागि महत्वपुर्ण पिकनिक स्पट बनेको छ । केही बर्ष अघि पर्यटन मन्त्रालयको पार्ट टु कार्यक्रमबाट विनियोजित रकमबाट जीर्ण ताल मर्मत गरिएपछि आन्तरिक पर्यटक रमाउने स्पट बनेको हो ।
ताल मर्मत हुँदा छिमेकी भएपछि छिमेकी नगरपालिका चामुण्डाविन्द्रासैनी, आठविस नगरपालिका र ठाटीकाँध गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थी युवा÷युवतीहरु पिकनिक खाने त्यहाँ आउने गरेको वडाअध्यक्ष कर्णबहादुर शाहीले बताए ।
ताल वरिपरि घना जंगल,माथितिर वेहुली र भर्ता लेक तलतिर सानो बजार र तालको उत्तरतिर करिव ८ सय मिटर नाके गुफाबाट मनमोहक दृश्यले गर्दा पर्यटन आउने गरेको उनको बुझाई छ । तर कोरोना भाईरस सक्रमण फैलिने डरले गर्दा गएका बर्ष झै यो बर्ष त्यति मानिस नआएको जानकारी दिए । कोरोना संक्रमणले गर्दा मदान ताल आउने ८० प्रतिशत आन्तरिक पर्यटकमा कमी आएको छ ।

जिल्ला सदरमुकामबाट १५ कोष टाढा रहेको ताल जिल्लाको सबैभन्दा ठुलो ताल हो । वडानं ३ को मुकाम रहेको बाँहकोटबाट आधा घण्टाको पैदल मार्ग हिडेपछि सुन्दर मदान ताल पुगिन्छ । तालमा जाने सडकको ट्रयाक खोलिए पनि विनियोजन बजेट तालसम्म नपुग्दै सकियो यो बर्ष ताल सम्म पु¥याउँछौं,शाहीले भने ।
फागुनदेखी जेठ महिनासम्म ताल वरपर काफल,ऐसेलु,चुत्रा टिप्नेको ओइरो लाग्ने गर्दछ । फागुनदेखी जेठ महिना तालका लागि उपयुक्त महिना मानिन्छन् । वसन्त ऋतु शूरुवात समयदेखी तालमा गएर पिकनिक खानेको चहलपहल बढने सोही वडाका प्रेम आलेले जानकारी दिए । चिसो हुने भएकाले फागुन महिनादेखी मात्र युवा÷युवती पिकनिक खानका लागि आउने गर्छन ।
निलो आकाश मुनी देखिने रमाईला डाँडाकाँडा र घना जंगलमा प्रसस्त दाउरा पाइने हुँदा अधिकाँश विद्यालयका छात्र÷छात्रा र युवा÷युवतिको रोजाई ताल परेको भवानी उच्च माविका शिक्षक मनोज गौतमले बताए ।
ठुलो चौर छ पानी र दाउरा प्रशस्त पाइन्छन् विभिन्न जंगली जनावर देख्न पाइन्छ त्यही भएर अधिकाँशको युवायुवतीको लागि मदानताल पिकनिको स्पट बनेको हो ।
नेपालको राष्ट्रिय चरा डाँफे,थार,घोरल,पाँच किसिमका लालीगुराँस,अभ्रक,श्रीखण्ड,काइनेटिक,सिलेट जस्ता बहुमुल्य जडीवुटी ताल वरीपरिका घना जंगलमा पाइने स्थानीयबासी बताउँछन् । ताल वरिपरि यति सुन्दरता हुँदा हुँदै पनि प्रचार प्रसारको कमीले सबैको ध्यान तान्न नसकेको वडासचिव गोरखबहादुर शाहीले बताए । ‘ताल ओझेलमा पर्नु मुख्य कारण यातायात सुविधा नुहुनु हो । तालसम्म मोटरबाटो भएको भए टाढाटाढा मानिस आँउथे प्रचार हुन्थ्यो ।’

ताल र नाके गुफा पर्यटकीय ठाउँलाई ओझेलमा पर्न नदिन भर्तालेक हुदै कालिकोटसम्म मोटर बाटो जोडनु पर्ने नेपाली काँग्रेस ठाटीकाँध गाउँपालिकाका सभापति नामबहादुर शाहीले बताए । गाउँपालिकामा पर्यटन प्रर्बदनका लागि लाखौं रकम विनियोजन गरिन्छ ।
तर गाउँपालिका जनप्रतिनिधीले पर्यटक स्थल संरक्षण गर्नु छोडेर पर्यटक प्रर्बदनमा विनियोजन गरेको रकम मन्दिर बनाएर कार्यकर्ता पाल्ने गरेको आरोप लगाए । गाउँपालिका जनप्रतिनिधी आएका तीन बर्षै वितिसक्यो । तर गाउँपालिका रहेका कुनै पनि पर्यटकीय स्थल संरक्षणका लागि पैसा खर्चिएन । जनप्रतिनिधी समेत गाउँपालिकाको विकास लागि होइन ।
पैसा कमाउने होडबाजी छ उनले भने । जिल्लाकै ठुलो मानिएपनि तालको हालसम्म लम्बाई चौडाई र गहिराई बारे यकिन हुन सकेको छैन । समुन्द्र सतहदेखी २ हजार ५ सय उचाईमा ताल रहेको छ ।
क्याप्सन ः दैलेखको ठाटीकाँध गाउँपालिका –३ मा रहेको मदाताल । प्रचार प्रसारको कमी र यातायातको पहुँच नहुँदा ताल आजभोली पिकनिक स्पट मात्र बन्ने गरेको छ ।
तस्वीर ःप्रेमिका सिंह ÷दैलेख


