दैलेखका पत्रकारले लिए ग्राफिक डिजाइन तालिम

तीर्थ भण्डारी
२०८१ फाल्गुन ३, शनिबार १८:४०

दैलेख – नेपाल पत्रकार महासंघ दैलेख शाखाले एक हप्ते ग्राफिक डिजाइन तालिम समापन गरेकाे छ । जिल्लाका दर्जन बढी पत्रकारहरू तालिममा सहभागी भएका थिए । तालिमकाे प्रशिक्षण प्रेस सेन्टर नेपाल, दैलेखका अध्यक्ष तीर्थ भण्डारीले गरेका थिए ।

तालिमकाे समापन कार्यक्रममा बाेल्दै प्रमुख अतिथि जिल्ला हुलाक अधिकृत निर्मला थापाले पत्रकारहरु प्रविधिमा पोख्त हुनुपर्ने बताउनुभएको छ । उहाँले बदलिदो समयमा प्रविधि बारे पत्रकारहरु पोख्त हुनपर्ने बताउनुभएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दैलेख शाखाका पूर्व अध्यक्ष पुस्कर थापाले नेपाल पत्रकार महासंघ दैलेख शाखाले पत्रकारहरुको क्षमता विकासका लागि गरिरहेको प्रयासहरुको प्रशंसा गर्दै यसले पत्रकारहरुको व्यवसायिक क्षमता विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनारको अध्यक्षतामा भएको एक हप्ते ग्राफिक डिजाइन तालिमको समापन कार्यक्रममा फोटो पत्रकार महासंघका केन्द्रीय सचिव बिशाल सुनार, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य नविन रिजालले पनि बोल्नुभएको थियो ।

त्यस अबसरमा प्रेस चौतारी नेपालका जिल्ला सचिव यामराज बिष्ट, तालिमका प्रशिक्षक प्रेस सेण्टरका जिल्ला अध्यक्ष तीर्थ भण्डारीले पनि तालिमको महत्व बारे बोल्नुभएको थियो । फोटो, इन्डिजाइन लगायतका पत्रकारका लागि आवश्यक ग्राफिक विषयमा प्रशिक्षण थियाे ।

Next Post

पढ्दै कमाउदै ज्वाला मावि दैलेखका विद्यार्थी

२०८१ फाल्गुन ३, शनिबार १८:४०
दैलेखको भगवतीमाई गाँउपालिका वडा नं १ , बेस्तडामा रहेको श्री ज्वाला माध्यमिक बिधालयका ९-१२ प्राविधिक धार बाली विज्ञान संकायका विधार्थीहरुले प्रयाेगात्मक सिप सँगसँगै पढ्दै कमाउदै गरेका छन् । विधार्थीहरुलाई व्यावहारिक ज्ञान प्रदान गर्ने तथा आत्मनिर्भर गराउदै पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत धनियाको बीउ उत्पादन , कुखुरा पालन , च्याउ उत्पादन , […]