पढ्दै कमाउदै ज्वाला मावि दैलेखका विद्यार्थी

गज्जब नेपाल
२०८१ फाल्गुन ९, शुक्रबार १४:३१

दैलेखको भगवतीमाई गाँउपालिका वडा नं १ , बेस्तडामा रहेको श्री ज्वाला माध्यमिक बिधालयका ९-१२ प्राविधिक धार बाली विज्ञान संकायका विधार्थीहरुले प्रयाेगात्मक सिप सँगसँगै पढ्दै कमाउदै गरेका छन् । विधार्थीहरुलाई व्यावहारिक ज्ञान प्रदान गर्ने तथा आत्मनिर्भर गराउदै पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत धनियाको बीउ उत्पादन , कुखुरा पालन , च्याउ उत्पादन , बे- माैसमि तरकारी उत्पादन निरन्तर गरिरहेको र ५० पिस कुखुराबाट १० हजार फाइदा भएको तथा अहिले च्याउ उत्पादनमा ५००० लगानी भएपनि च्याउ २ चाेटि सम्म हार्भेस्टिङ गर्दा २०००० रुपैया जम्मा भएको छ र बिधालयकाे लगानी बिधालयकाे खातामा जम्मा गरि बाकि नाफाको रकम विधार्थिलाइ नै दिने गरेकाे कृषि कार्यक्रम संयोजक मनसुन दाहाल बताउनुभयो ।दाहालका अनुसार उत्पादनमा मात्र सिमित नभएर माटाको परिक्षण , हाते ट्याक्टरकाे प्रयाेग , मर्मत तथा सर्भिस जस्ता १ -२ दिने प्रशिक्षण कार्यक्रमहरु आफै प्रशिक्षक भएर दिने गरेकाे बताउनुभयो ।

दाहालका अनुसार हालै विधार्थिहरुलाई ल्याबमा टिस्यू कल्चरबाट च्याउकाे बीउ उत्पादन गर्ने सिकाएको र केही दिनमा बीउ तयार हुने साथै अबकाे याेजनामा माैरि पालन , माछा पालन तथा बंगुर पालन जस्ता कार्यक्रम अगाडि बढाउने र सम्पूर्ण विधार्थिहरुलाई पुर्णरुपमा उत्पादन सँग प्रत्यक्ष रुपमा जाेड्ने बताउनुभयो छ ।

बिधालयका प्रधानाध्यापक राम बहादुर थापाका अनुसार  पछिल्लो समय कृषि कार्यक्रम निकै प्रभावकारी भएको यसबाट विधार्थिहरु पुर्णरुपमा लाभान्वित हुदै समाजमा पनि प्रत्येक्ष रुपमा प्रभाव पारेकाे छ अभिभावकहरु पनि याे शिक्षा समय अनुसार सान्दर्भिक रहेको बताउनुभयो छ साथै निकट भविष्यमा यश विधालयलाई कर्णाली प्रदेशकै प्राविधिक शिक्षाकाे नमुना विधालयका रुपमा स्थापना गर्ने बताउनुभयो छ ।

Next Post

च्याउ बेच्दै पढ्दै नाैमूलेका विद्यार्थी

२०८१ फाल्गुन ९, शुक्रबार १४:३१
दैलेखकाे भैरव माध्यमिक विद्यालय नौमुलेका प्राविधिक धारका विद्यार्थीहरू पढ्दै कमाउदै गर्न थालेका छन् । विद्यालयमा अध्ययनरत कक्षा ९-१२  बाली बिज्ञानतर्फका विद्यार्थीहरुले पढाइ संग-संगै च्याउखेती पनि गरिरहेका छन । उनीहरूले मासिक रूपमा  २० देखि २५ किलाेसम्म उत्पादन गरि बेच्ने गरेका छन् । प्राविधिक शिक्षक हेमन्त बस्नेतले विद्यालयको परिसरमा धानखेती बिद्यालयका सबै मिलेर […]